इलाममा प्रधानन्यायाधीशको पुत्ला दहन

इलाममा प्रधानन्यायाधीशको पुत्ला दहन


२८ असार, इलाम । सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा आज प्रर्दशन भएको छ । सर्वाेच्च अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले विरोध प्रर्दशन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेका छन् ।

नेकपा एमाले इलामको पार्टी कार्यलयवाट सुरुको युवा विद्यार्थीको प्रर्दशनले चोक वजारमा आएर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पछि भएको कोणसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका युवा नेता रबिन्द्र सुबेदीले सर्बाेच्चको आजको फैसलाले दलिय व्यवस्था मास्दै सत्तिपृथकिकरण को सिध्दान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको वताउनुभयो । कोणसभालाई सम्बोधन गर्दै सुवेदीले लोकतन्त्र मासिने दिसामा मुलुक गएको भन्दै प्रतिरोधमा उत्रन आब्हान समेत गर्नुभएको छ ।

प्रर्दशनमा युवा विद्यार्थीहरुले संविधान मिच्न पाइदैन, निर्दलिय शासन चाहिदैन, जनताको सार्बभौम अधिकार खोस्न पाइदैन, लोकतन्त्र मास्न पाइदैन भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर