सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै


२९ असार, काठमाण्डौँ । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बसिरहेको छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजेबाट सुरु भएको नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।

देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहणको कार्यक्रम रहेको राष्ट्रपतिको कार्यलयले जनाएको छ । सर्वाेच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर