२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उहाँले बताउनुभयो ।
संसद विघटनलाई बदर गरेको सर्वाेच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमाआदेश सकेत दिएको छ ।
यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले भन्नुभयो–‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’
सरकार गठनबारे सोधिएको प्रश्नमा उहाँले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्ने जानकारी दिनुभएको छ ।