राजनीति

कांग्रेस नेतात्रय निधि, कोइराला र सिंहबीच आज फेरि ‘लञ्च मिटिङ’ हुने
१५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेतात्रय उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा आज दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाईरहेको छ । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा..

सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ
१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो । आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ..

एमालेको स्थायी समितिको बैठक सुरु
१३ असार, काठमाण्डौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टी एकता, सर्वाेच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि..

कर्णाली प्रदेश सभाका तीन जना एमाले सांसद पुनः निलम्बित
११ असार, कैलाली । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको बताएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ । ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक..

कांग्रेस महाधिवेशनमा पौडेल समुहबाट एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने
११ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आफ्नो समुहबाट पार्टीको महाधिवेशनमा एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने निर्णय गरेका छन् । वसन्धुरास्थित दियालो फूडल्याण्डमा भएको छलफलमा नेताहरुले आगामी १४ औँ महाधिवेशनबाट आफ्नो पक्षबाट एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । नेता पौडेलले भने महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट सहयोग पुर्याउने बताउनुभएको थियो । तर, सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता वितरण गर्दा..

प्रचण्ड र माधव नेपालबीच एउटै दलमा रहने सहमती भईसकेको खुलासा
११ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पहिल्यै एउटै दलमा रहने सहमती सहितको खाका तयार भईसकेको खुलासा भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा अध्यक्ष प्रचण्ड र नेता नेपाल एकजुट हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उहाँहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गर्नुभएको थियो । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष हुनुभएको थियो ।..

मन्त्रीहरुको जिम्मेवारी हेरफेरः एक मन्त्रीलाई पाँच मन्त्रालय
१० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वाेच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री कायम रहनुभएको थियो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ..

नेपाली कांग्रेसको १४औं महाधिवेशन संशोधित कार्यतालिका पारित
५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार श्रावण १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिनुभयो । त्यस्तै असार २०..

महन्थद्धारा जसपाको कार्यकारिणी समिती हेरफेरको पत्र निर्वाचन आयोगमा
५ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गरेको पत्र निर्वाचन आयोगलाई बुझाउनुभएको छ । जसपा अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गर्नुभएको छ । मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् । ठाकुरले जेष्ठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गर्नुभएको..

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त
४ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्रीलाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई..