राजनीति
एमाले माधव पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, अन्यौलताबारे निर्णय आउने
२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको बताईएको छ । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय..
ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री देउवाको तारो
२० श्रावण, काठमाण्डौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उहाँले धमाधम नियुक्ति खारेजी र बदर गर्न सुरु गर्नुभएको छ । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालिएको छ । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव..
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णय
१९ श्रावण, काठमाण्डौँ । देउवा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । यो आयोग तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग थियो । भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो । यस्तै बैठकले..
उपेन्द्र यादवको साथमा कति जना सांसद छन् ?
२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)मा देउवा कि ओली भन्ने विषयले विभाजन बढेको छ । देउवालाई जसपाको उपेन्द्र यादव समूहका १३ सांसदले साथ दिएका थिए । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १९ सांसद देखिएका थिए । सत्ताको खेलले अब यादव र ठाकुरसँग कति सांसद रहने हुन् ? चासोको विषय बनेको छ । मन्त्री बन्न नपाए यादवलाई साथ छाड्ने सांसदहरुको संख्या बढ्न सक्छ । मन्त्री बन्नका लागि..
एमाले र जसपा (महन्थ पक्ष)बीच सहकार्य जारी रहने
२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी महन्थका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुई पार्टीबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको हो । ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो । ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको थियो । जसपाको आधिकारिकता विवाद निर्वाचन..
पार्टी एकता लागि एमालेका दोस्रो तहका नेताहरु पुनः छलफलमा
२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहनुभएको थियो । यस्तै एमाले..
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै
१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला बैठक बस्ने लागेको हो । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका..
ओलीको गृह नगर दमकमा चोलेन्द्र शमशेरको पुत्ला जलाईयो
२९ असार, झापा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा प्रधानन्यायधिश चोलेन्द्र शमशेरको पुत्ला दहन गरिएको छ । सर्वोच्च अदालतको असार २८ गतेको फैसलाको विरोध गर्दे नेकपा एमालेका कार्यकर्ताहरुले दमकको मुख्य चौकमा प्रधानन्यायधिश शमशेरको पुत्ला जलाएका हुन् । उनीहरुले चोलेन्द्र शमशेर मुर्दावाद, सर्वोच्चको फसैला खारेज गर, केपी ओली जिन्दावाद भन्दै नारावाजी गरेका थिए । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी झापा र युवा संघ नेपाल झापाको..
नवनियुक्त तीन मन्त्रीद्धारा पदभार ग्रहण
३० असार, काठमाण्डौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज कार्यभार सम्हाल्नुभएको छ । उहाँले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उहाँले मन्त्रीको कार्यभार सम्हाल्नुभएको थिएन । आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गर्नुभएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवाद्धारा ४ सदस्य मन्त्रिपरिषद् गठन
२९ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ । नवनियुक्त चारैजना मन्त्रीले आज नै पद तथा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७