आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो बनायोः प्रचण्ड

आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो बनायोः प्रचण्ड


२८ असार, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभएको छ । संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सर्वाेच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको पनि उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ–‘आजको फैसलाले नेपाल र नेपाली जनताको जित भयो । अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ । संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वाेच्चको यो फैसिलालाई स्वागत गर्दछु ।’

उहाँले सर्वाेच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पार्टी र गठबन्धनको तर्फबाट बधाई तथा धन्यवाद पनि दिनुभएको छ । file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर