एमाले एकताका लागि निर्णयक छलफलमा दोस्रो तहका नेताहरु

१९ असार, काठमाण्डौँ । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णयक छलफलमा जुटेका छन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल असहमत हुनुहुन्छ । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी महासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर प्ग्नुभएको छ । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ । सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव..

हस्ताक्षर फिर्ता बारे आन्तरीक छलफल गर्दै माधव समुह

१९ असार, काठमाण्डौँ । नेकपा (एमाले)का माधव कुमार नेपाल समुह आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् । नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गर्नुभयो । उहाँले..

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

१९ असार, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताउनुभयो । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ..

एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा

१८ असार, काठमाण्डौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेष्ठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएको छ । एमालेभित्रको विवादमा वामदेव तटस्थ रहनुभएको छ । तर, उहाँ पार्टी एकताको पक्षमा उभिनुभएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै..

एमालेको माधव समूह भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

१७ असार, काठमाण्डौँ । नेकपा एमालेका माधव नेपाल समूहले भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । भोली बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक..

पूर्वमाओवादीका ४ सहित ८ नेता एमाले स्थायी कमिटीमा

१६ असार, काठमाण्डौँ । नेकपा एमालेले पूर्वमाओवादी छाडी एमाले प्रवेश गरेका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो । आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको..

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षका ११ नेताको कारवाही पनि निष्क्रिय

१६ असार, काठमाण्डौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत्र ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा..

केन्द्रीय सदस्यहरूको भेला बोलाउने काँग्रेस नेतात्रयको निर्णय

१५ असार, काठमाण्डौँ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवास चाक्सिवारीमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल..

शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले सुझाए ‘जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन’

१५ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको तिव्र आलोचना भईरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भननुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई..

एमालेको बैठकमा माधव समुहका नेताहरुलाई पनि बोलाईयो

१५ असार, काठमाण्डौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई बैठकमा उपस्थित हुन जानकारी गराईएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ बैठकले राष्ट्रिय प्रतिनिधि परिषद..