राजनीति
प्रधानमन्त्री देउवा र पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता
३० श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । पूर्व कप्तान खड्काले १९ श्रावणमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गर्नुभएको थियो । त्यसअनुसार नै आज भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिनुभयो । बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोर्होर्याउनुभएको थियो, ‘क्रिकेट किन छाड्नुभयो ? खड्काले यो व्यक्तिगत निर्णय..
लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा नयाँ सरकार गठनका लागि आह्वान
२७ श्रावण, वुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ । यो समय जम्मा २४ घण्टाको समय हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा
२७ श्रावण, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई..
एमालेमा विभाजनकारी प्रवृत्ति हाबी भएको भन्दै भीम आचार्यद्धारा १० बुँदे अपिल
२७ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आज विहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उहाँले यतिबेला एमाले गम्भीर संकटबाट गुज्रिरहेको समेत बताउनुभएको हो । पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्ने उहाँको भनाइ छ । टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल गर्नुभएको..
मिलीजुली सरकारको साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी
२४ श्रावण, काठमाण्डौँ । मिलीजुली सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिंदै छ । सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि खनज बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर..
एमालेको स्थायी कमिटी बैठक भोली बस्दै
२४ श्रावण, काठमाण्डौँ । नेकपा एमालेले भोलीका लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोली बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभएको छ । भोली नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उहाँको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् । यसअधि आजका लागि बैठक पार्टी एकता पहलका लागि भन्दै भोलिका लागि सारिएको उहाँको भनाई छ । यही श्रावण २१ र २२..
प्रदेश सांसद बिमला वलीले मुख्यमन्त्री पोखरेललाई एक करोड मागेको खुलासा
२३ श्रावण, काठमाण्डौँ । हप्तादिन एमाले सांसद भएर माओवादी पार्टीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले एमालेलाई विभिन्न आरोपहरु लगाईन् । आफूलाई मुख्यमन्त्री शंकर पोखरेल सरकारीनिवासमा बन्दक बनाएको भन्दै उनले मिडियाहरुमा भन्नसम्म भ्याईन् । तर सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । उनै संसद वलीले मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण मिलाइदिएका थिए..
अध्यक्ष ओलीसँग झुकेर एकता नगर्ने माधव समूहको निष्कर्ष
२२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग झुकेर एकता नगर्ने निष्कर्ष निकालेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभएको हो । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिनुभयो..
मधेसमा महन्थ र उपेन्द्र आमनेसामने
२२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् । दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् । उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता..
महन्थ ठाकुर पक्षले जसपा फुटाउन चाहेको छैनः अनिल झा
२१ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अनिलकुमार झाले महन्थ ठाकुर पक्षले पार्टी फुटाउन नचाहेको बताउनुभएको छ । आफ्नो पक्षलाई पार्टी फुटाउनुपर्ने कुनै आवश्यकता नरहेको नेता झाले स्पष्ट पार्नुभएको हो । निर्वाचन आयोगले दिएको जसपा विभाजनको निर्णयमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकारेपछि पार्टीभित्रको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्छ कि जसपामै रहन्छ भन्ने प्रश्नमा जसपा फुट्नुपर्छ भनेर अदालत नगएको भन्दै नेता झाले पार्टीको सबै पक्ष..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७