२९ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताईएको छ ।
बैठकमा सहभागि एक नेताका अनुसार सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ । त्यसपछि मन्त्री तोक्न अर्काे स्थायी कमिटीको बैठक बोलाउने, नभए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको बताईएको छ ।
बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वाेच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ ।