एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछः प्रधानमन्त्री ओली

एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछः प्रधानमन्त्री ओली


२९ असार, काठमाण्डौँ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । सर्वाेच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ ।

उहाँले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् । सूर्यको प्रकाशलाई कसैले पनि छेक्न सक्दैन् । नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा म र मेरो पार्टी एकढिक्क भएर अघि बढ्छ । अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

सम्बोधनको क्रममा उहाँले अब बन्ने सरकार र संसद सही सलामत चल्नेमा आफूलाई पर्याप्त शंका र आशंका लागेको पनि टिप्पणी गर्नुभयो । उहाँले आफूलाई जनादेश हुँदाहुँदैपनि अदालतको परमादेशबाट बाहिरिनुपरेको पनि स्पष्ट पार्नुभयो । आफ्नो सरकारले ऐतिहासिक काम गरेको पनि उहाँको दाबी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर