२८ असार, काठमाण्डौँ । सर्वोच्चको निर्णयसंगै विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भने विपक्षी गठबन्धनको बैठक बस्ने तय गरिएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुने जनाइएको छ ।
बैठक ५ बजेपछि बस्ने जनाईएको छ । सर्वाेच्च अदालतको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितबारे बैठकमा छलफल हुने जनाइएको छ ।