२९ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ ।
नवनियुक्त चारैजना मन्त्रीले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।