३० असार, काठमाण्डौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज कार्यभार सम्हाल्नुभएको छ । उहाँले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उहाँले मन्त्रीको कार्यभार सम्हाल्नुभएको थिएन ।
आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गर्नुभएको छ ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो ।