उपेन्द्र यादवको साथमा कति जना सांसद छन् ?

उपेन्द्र यादवको साथमा कति जना सांसद छन् ?


२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)मा देउवा कि ओली भन्ने विषयले विभाजन बढेको छ । देउवालाई जसपाको उपेन्द्र यादव समूहका १३ सांसदले साथ दिएका थिए । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १९ सांसद देखिएका थिए ।

सत्ताको खेलले अब यादव र ठाकुरसँग कति सांसद रहने हुन् ? चासोको विषय बनेको छ । मन्त्री बन्न नपाए यादवलाई साथ छाड्ने सांसदहरुको संख्या बढ्न सक्छ । मन्त्री बन्नका लागि ठाकुर समूहबाट गुट परिवर्तन गर्नेहरु पनि हुन सक्छन् । यसले जसपाभित्र गुटको अंकगणित फरक पर्न सक्छ ।

कतिपय सांसदहरु तटस्थ जस्तै छन् । अबका दिनमा उनीहरुको भूमिकाबारे चासो रहनसक्छ ।

उपेन्द्र यादव समूह तत्काल सरकारमा सहभागी भएको छैन । यादव समूहले पाउने मन्त्रालय र को को सरकारमा जाने विषयले सांसद संख्यामा तलमाथि पर्न सक्छ । उपेन्द्रसँग रहेका डा.बाबुराम भट्टराईले पनि आफू निकटस्थहरुलाई मन्त्री बनाउन प्रयास गर्न सक्छन् । यसले पनि अवस्था फरक पार्न सक्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर