ओलीको गृह नगर दमकमा चोलेन्द्र शमशेरको पुत्ला जलाईयो

ओलीको गृह नगर दमकमा चोलेन्द्र शमशेरको पुत्ला जलाईयो


२९ असार, झापा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा प्रधानन्यायधिश चोलेन्द्र शमशेरको पुत्ला दहन गरिएको छ । सर्वोच्च अदालतको असार २८ गतेको फैसलाको विरोध गर्दे नेकपा एमालेका कार्यकर्ताहरुले दमकको मुख्य चौकमा प्रधानन्यायधिश शमशेरको पुत्ला जलाएका हुन् ।

उनीहरुले चोलेन्द्र शमशेर मुर्दावाद, सर्वोच्चको फसैला खारेज गर, केपी ओली जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी झापा र युवा संघ नेपाल झापाको आयोजनामा भएकोे विरोधसभा सहितको र्याली पछि प्रधानन्यधिसको पुत्ला जलाईएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर