एमाले एकताको सम्भावना सकियोः माधव नेपाल

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गर्नुभएको छ । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताउनुभएको हो । ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छाै र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छाैं । अहिले नयाँ दल दर्ता गरे..

जसपा ठाकुर पक्षको नयाँ पार्टी दर्ता गर्ने तयारी, नाम ‘जसपा लोकतान्त्रिक’ रहने

१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर समूह नयाँ पार्टी दर्ता गर्ने गृहकार्य जुटेको थियो । यो समूहले जिल्लास्तरीय कार्यकर्ता भेलासमेत गरेर आम कार्यकर्ताको मनोभावना बुझिसकेको छ । अधिकांश जिल्लाबाट नयाँ दल दर्ता गरेर अघि बढ्न सुझाव आएपछि यो समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया थाल्ने भएको हो ।..

माधव नेपालसहित १४ जना सांसदमाथी एमालेको कारवाही

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

एमाले फुटाउन अध्यादेश ल्याउदै देउवा सरकार

३२ श्रावण, काठमाण्डौँ । देउवा सरकारले एमाले फुटाउन राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउन लागिएको हो । अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति..

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

३२ श्रावण, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

माधव पक्षका प्रभावशाली ९ नेताले क्याम्प फेरे

३२ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावाण ३ गते संसद्मा विश्वासको मत लिने दिन संसद् हलबाट बाहिरिएका नेकपा (एमाले) माधव पक्षका सांसदहरु अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिने भएका छन् । पार्टी एकताको लागि भन्दै विश्वासको मत पनि नदिने र विपक्षमा पनि मत नहाल्ने भन्दै संसद् भवनबाट बाहिरिएका माधव नेपाल पक्षधर सांसदहरु अहिले अध्यक्ष ओलीको कित्तामा उभिएका हुन् । एमालेनिकट उच्च स्रोतकाअनुसार नेपाल पक्षमा एकताको लागि भन्दा..

एमाले नेताद्धय भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्लीमा

३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दुई नेता भीम आचार्य र सुरेन्द्र पाण्डे भारतको नयाँ दिल्ली पुगेका छन् । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका हुन् । एमाले सचिवसमेत रहनुभएका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् । नेताद्धय आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय..

स्थानिय तहको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाउने कांग्रेको निर्णय

३१ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसले स्थानिय तहको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको छ । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत..

राजनीतिक नियुक्तिमा हामीलाई पनि पर्खनुहोस्ः माधव नेपाल

३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताउनुभयो । यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको..

आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेः माधव नेपाल

३० श्रावण, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको समेत उहाँले बताउनुभएको छ । ‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भन्नुभयो, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न..