एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमति हुने सुवास नेम्वाङको भनाई

२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले आज साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताउनुभयो । उहाँले हिजो साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताउनुभयो..

एमाले अध्यक्ष ओली र माधव नेपालबीच भेटवार्ता सुरु

२३ असार, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच एमाले एकता बचाउन सहमतिका लागि वार्ता भइरहेको हो । ओली र नेपालले वार्तामा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मात्र राखेको बुझिएको छ । नेता पाण्डेले नै वार्ताको पहल गरेको बताईएको छ । दुई नेताबीच लामो समययता भेटवार्ता हुन सकेको थिएन । दोस्रो तहका नेताहरुले वार्ताको पहल गर्दै..

जसपाका दुवै खेमाका नेताहरु पार्टी विभाजन गर्न तयार

२२ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । सहमति कायम गर्न निर्वाचन आयोग पुगेका दुवै पक्ष अलग–अलग पार्टी बनाएर जान सहमत भएपछि फुट निश्चित भएको हो । आधिकारिकता सम्बन्धी विवादमा छलफलका लागि निर्वाचन आयोग कार्यालय पुगेका दुवै पक्षका नेताहरु फुटेर अघि बढ्न सहमत भएका हुन् । छलफलमा दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।..

एमाले कार्यदलको बैठक आज पनि बिना निश्कर्ष टुंङ्गियो

२२ असार, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति हुन नसकेको बताईएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताउनुभयो । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले आज सिंहदरबारमा दोस्रो चरणको बैठक बसेको थियो । बैठक भने सकारात्मक ढंगले अघि बढेको..

एमाले कार्यदल ब्यूँतियो, सिंहदरबारमा बैठक बस्दै

२१ असार, काठमाण्डौँ । नेकपा एमालेको कार्यदल पुनः ब्यूँतिएको छ । एकता जोगाउन गठित कार्यदलको बैठक आज बेलुका सिंहदरबारमा बस्ने जनाईएको छ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक हुनुहुन्छ भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ । जेष्ठ २..

हस्ताक्षर फिर्ता लिन ओलीले माधवलाई दिएको अल्टिमेटम सकिँदै, हस्ताक्षर फिर्ता नहुने

२१ असार, काठमाण्डौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसक्नुभएको छ । बैठकपछि पनि..

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा

२० असार, काठमाण्डौँ । नेकपा एमाले माधव समुहका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गर्नुभएको छ । ओलीकै बोलावटमा उहाँ बालुवाटार पुगेको स्रोतले बताएको छ । एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमको समय भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो..

सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः कांग्रेसका प्रवक्ता शर्मा

२० असार, काठमाण्डौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताउनुभएको छ । आज विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वाेच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताउनुभएको हो । उहाँले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको..

१० दिनभित्र आफ्ना कार्यकर्ताको रिहाइ गर्न नेकपा (विप्लव समुह)को माग

२० असार, काठमाण्डौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण..

हस्ताक्षर फिर्ता नभए एमाले एकता सम्भव छैनः प्रधानमन्त्री ओली

१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने उद्घोष गर्नुभएको हो । ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गर्नुभयो । ‘जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने,..