जसपा ठाकुर पक्षको नयाँ पार्टी दर्ता गर्ने तयारी, नाम ‘जसपा लोकतान्त्रिक’ रहने

जसपा ठाकुर पक्षको नयाँ पार्टी दर्ता गर्ने तयारी, नाम ‘जसपा लोकतान्त्रिक’ रहने


१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर समूह नयाँ पार्टी दर्ता गर्ने गृहकार्य जुटेको थियो ।

यो समूहले जिल्लास्तरीय कार्यकर्ता भेलासमेत गरेर आम कार्यकर्ताको मनोभावना बुझिसकेको छ ।

अधिकांश जिल्लाबाट नयाँ दल दर्ता गरेर अघि बढ्न सुझाव आएपछि यो समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया थाल्ने भएको हो । नेता तथा सांसद लक्ष्मणलाल कर्णले ‘जसपा लोकतान्त्रिक’ नामको नयाँ पार्टी दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।

आजमात्रै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेशअनुसार अब दल विभाजनको लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए पुग्नेछ । जसपामा ठाकुर पक्षसँग दश भन्दा बढि सांसद छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर