राजनीतिक नियुक्तिमा हामीलाई पनि पर्खनुहोस्ः माधव नेपाल

राजनीतिक नियुक्तिमा हामीलाई पनि पर्खनुहोस्ः माधव नेपाल


३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताउनुभयो ।

यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

हिजो शंखमुलस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दुःख गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताउनुभएको थियो । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत बताउनुभएको थियो ।

यसबीचमा भूमि आयोग खारेज गरेर नयाँ गठनादेशमार्फत नयाँ नियुक्ति गर्न खोजिए पनि सर्वाेच्च अदालतको अन्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ । अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरुलाई पनि राजिनामा दिन भनिएको छ । राजिनामा नदिनेहरुलाई प्रक्रिया पूरा गरेर हटाउने तयारी सरकारको छ ।

त्यस्तै केपी ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् । यो समाचार नेपाल प्रेसले प्रकासित गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर