राजनीति
अध्यादेशको विरुद्धमा कालो कफन बाधेर अनेरास्ववियुको विरोध प्रदर्शन
४ भाद्र, काठमाण्डौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ । अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् । टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।
सनाखतका लागि निर्वाचन आयोगले बोलायो माधव र महन्थको पार्टीलाई
४ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भाद्र ९ गते बोलाएको छ । आज शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भाद्र ९ गते सनाखतका लागि बोलाएको हो । प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भाद्र ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोगले जनाएको छ । यसअघि नेपाल..
१० बुँदे कार्यन्वयन नभए विद्रोह गर्ने माधव समूह छाडेका नेताहरुको सन्देश
४ भाद्र, काठमाण्डौँ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले)का माधव नेपाल समूहमा छाडेका नेताहरुको छुट्टै भेला भएको छ । आज शुक्रवार बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो । एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने उनीहरुको निश्कर्ष छ । यसको लागि अध्यक्ष केपी शर्मा ओलीलाई एक साताको समय दिईएको पनि बैठकमा सहभागी एक..
दमक क्याम्पस अगाडी अनेरास्ववियुले जलायो अध्यादेश
३ भाद्र, झापा । झापाको दमक क्याम्पस अगाडी अनेरास्ववियुले दल विभाजन सम्वन्धी अध्यादेशलाई सांकेतिक रुपमा जलाएको छ । सरकारले जारी गरेको अध्यादेशको विरुद्धमा उनीहरुले नारावाजी गर्दे प्रर्दशन समेत गरेका छन् । एमाले अध्यक्ष समेत रहनुभएका केपि ओलीको गृह नगर दमकमा रहेको दमक क्याम्पस गेटमा अनेरास्ववियुका कार्यकर्ताहरुले देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर देशलाई पुनः राजनीतिक अस्थिरतामा लगेको भन्दै नारावाजी गरेका थिए । अनेरास्ववियु झापाका अध्यक्ष समर्पण खतिवडाले देउवा सरकारले..
हामीले अलिकति मेहनत गर्ने हो भने माधव नेपाल रित्तै हुन्छन्ः केपी ओली
३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताउनुभएको छ । भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देउवा सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या र्पुयाउन नसकेको अध्उइा ओलीले बताउनुभयो । ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि..
नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष..
महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता
२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि आज बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ ।..
एमाले चोईटिएर बनेको एमाले (समाजवादी)मा को को भए केन्द्रिय सदस्य ? (नामावली हेर्नुहोस)
२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेबाट चोईटिएर बनेको एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरुको नामावली हेर्नुहोस्ः माधवकुमार नेपाल झलनाथ खनाल मुकुन्द न्यौपाने प्रदीप नेपाल डा. बेदुराम भुसाल प्रमेशकुमार हमाल राजेन्द्रप्रसाद पाण्डे डा.विजयकुमार पौडेल डा. गंगालाल तुलाधर प्रकाश ज्वाला नागेन्द्रप्रसाद चौधरी जयन्ती राई तुलबहादुर गुरुङ जगन्नाथ..
एमाले फुटाउन ल्याइएको अध्यादेश अगाडि बढाए सरकारलाई महंगो पर्ने एमालेको चेतावनी
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले तीन दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सो माग गरेको हो । बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि नबढाउन र तत्काल फिर्ता लिन माग गरेको छ । एमाले फुटाउने नियतसाथ ल्याइएको अध्यादेश अगाडि बढाए सरकारलाई महंगो पर्ने चेतावनी पनि एमालेले दिएको छ । संसद् छलेर अध्यादेश ल्याउने..
‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’ भन्दै अध्यादेशको विरुद्धमा अनेरास्ववियुको प्रर्दशन
१ भाद्र, काठमाण्डौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन गरेको छ । अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार र बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले ‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’, ‘परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियुले दल विभाजनसम्बन्धी सरकारको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७