सर्वाेच्चद्धारा संसद विघटन बरद

२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतले संसद विघटन बरद गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको हो । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेष्ठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नुभएको तियो । वैशाख ३० गते संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा..

विपक्षी गठबन्धनमा विद्यार्थी संगठनद्धारा शंख फुकेर विरोध प्रदर्शन

२७ असार, काठमाण्डौँ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आज शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियु, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका..

सर्वाेच्चमा विचाराधीन मुद्दामा मौन बस्न ओली पक्ष तयार

२६ असार, काठमाण्डौँ । नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि भोलि आइतबारको अर्काे भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा भोलि भोलीसम्मा निष्कर्षमा पुग्न प्रयास हुने बताईएको छ । लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन । कार्यदलका एक सदस्यका अनुसार २..

काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा ८ जनाको आकांक्षा

२६ असार, काठमाण्डौँ । शुक्रबार अपरान्ह बत्तीसपुतलीमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो । उक्त भेलामा सहभागी बलबहादुर केसी बाहेकका सबैजना नेताको सभापतिमा दाबी छ ।..

प्रदेश–२ मा एमाले सांसदद्धारा सांसद विकास कोष खारेजीको माग

२६ असार, काठमाण्डौँ । प्रदेश–२ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गर्नुभएको हो । बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन भन्दै उहाँले प्रदेश सभामा प्रश्न गर्नुभएको छ । यसको जवाफ आज पनि पाउन नसकेको भन्दै सांसद विकास कोषको रकम बढाउने मागका कारण सहमती नजुटेका बताउनुभयो । ‘त्यसैले..

एमालेको कार्यदल बैठक आज पनि बस्दै, सहमती हुन सक्ने सम्भावना

२६ असार, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुँने बताईएको छ । एमालेको पार्टी कमिटी जेष्ठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेको स्रोतले बतायो । माधवकुमार नेपाल पक्षले २३ फाल्गुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान..

वापन्थीहरुको छुट्टै गठबन्धन बनाउन प्रभु शाहको प्रस्ताव, एमालेमा नरहने भनाई

२६ असार, काठमाण्डौँ । नेकपा माओवादी त्याग गरी एमाले प्रवेश गर्नुभएका पुर्वमन्त्री प्रभु साहले एमालेमा अब नरहने बताउनुभएको छ । उहाँले वापन्थीहरुको छुट्टै गठबन्धन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसंग रोखेको स्रोतले बताएको छ । उहाँले आफूहरु अब एमालेमा ररिहन नसक्ने पनि सुनाउनुभएको बताईएको छ । बरु, ओलीकै नेतृत्वमा वामपन्थीहरुको छुट्टै मोर्चा बनाउनुपर्ने उहाँको प्रस्ताव छ । उक्त मोर्चामा माओवादी खेमाका नेताहरुलाई पनि समावेश गर्ने र..

एमाले एकतामा थप प्रगति हुन सकेन, दोस्रो तहका नेताहरु नै निराश

२४ असार, काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेको एकता वार्तामा पछिल्लो १० दिनयता उल्लेख्य प्रगति नभएको कार्यदलका एक सदस्यले बताएका छन् । चार दिनदेखि लगातार छलफलमा बसेको कार्यदलका सदस्यहरु सहमति नजिक पुगेको दाबी गर्दै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । कार्यदलमा ओली पक्षको संयोजक रहेका सुवास नेम्वाङले त..

नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने

२४ असार, काठमाण्डौँ । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान माधवसमुहले राखेपछि एमालेमा नयाँ तरङ आएको छ । यो अडानका कारण वार्ता टोलीका नेताहरु छुट्टाछुट्टै औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । हिजो राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ नेता नेपालले आफ्नो बटमलाइन प्रष्ट पार्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी माग्नुभएको बुझिएको छ..

एमाले कार्यदलका सदस्यहरु वार्ता रोकेर आपसी छलफलमा

२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलका सदस्यहरु आपसी छलफलमा जुटेका छन् । एमालेको विवाद मिलाउन गठित कार्यदल सहस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका हुन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय तिर लागेका छन् । पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । आज पनि..