एमाले फुटाउन अध्यादेश ल्याउदै देउवा सरकार

३२ श्रावण, काठमाण्डौँ । देउवा सरकारले एमाले फुटाउन राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउन लागिएको हो । अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति..

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

३२ श्रावण, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

माधव पक्षका प्रभावशाली ९ नेताले क्याम्प फेरे

३२ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावाण ३ गते संसद्मा विश्वासको मत लिने दिन संसद् हलबाट बाहिरिएका नेकपा (एमाले) माधव पक्षका सांसदहरु अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिने भएका छन् । पार्टी एकताको लागि भन्दै विश्वासको मत पनि नदिने र विपक्षमा पनि मत नहाल्ने भन्दै संसद् भवनबाट बाहिरिएका माधव नेपाल पक्षधर सांसदहरु अहिले अध्यक्ष ओलीको कित्तामा उभिएका हुन् । एमालेनिकट उच्च स्रोतकाअनुसार नेपाल पक्षमा एकताको लागि भन्दा..

एमाले नेताद्धय भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्लीमा

३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दुई नेता भीम आचार्य र सुरेन्द्र पाण्डे भारतको नयाँ दिल्ली पुगेका छन् । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका हुन् । एमाले सचिवसमेत रहनुभएका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् । नेताद्धय आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय..

स्थानिय तहको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाउने कांग्रेको निर्णय

३१ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसले स्थानिय तहको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको छ । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत..

राजनीतिक नियुक्तिमा हामीलाई पनि पर्खनुहोस्ः माधव नेपाल

३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताउनुभयो । यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको..

आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेः माधव नेपाल

३० श्रावण, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको समेत उहाँले बताउनुभएको छ । ‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भन्नुभयो, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न..

प्रधानमन्त्री देउवा र पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता

३० श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । पूर्व कप्तान खड्काले १९ श्रावणमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गर्नुभएको थियो । त्यसअनुसार नै आज भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिनुभयो । बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोर्होर्याउनुभएको थियो, ‘क्रिकेट किन छाड्नुभयो ? खड्काले यो व्यक्तिगत निर्णय..

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा नयाँ सरकार गठनका लागि आह्वान

२७ श्रावण, वुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ । यो समय जम्मा २४ घण्टाको समय हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

२७ श्रावण, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई..