एमाले इलामको पालिकास्तरिय कार्यकर्ता भेला सम्पन्न, ४ हजार बढी कार्यकर्ता सहभागी (फोटो हेर्नुहोस्)

एमाले इलामको पालिकास्तरिय कार्यकर्ता भेला सम्पन्न, ४ हजार बढी कार्यकर्ता सहभागी (फोटो हेर्नुहोस्)


२६ भाद्र, इलाम । नेकपा एमाले इलामको नगरपालिका र गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले इलाम जिल्ला सचिवालय कमिटीको निर्णय बमोजिम इलाममा रहेका दश वटा स्थानिय तहहरु मध्ये ९ वटा स्थानिय तहहरुमा अगुवा कार्यकर्ता भेला समपन्न भएको हो । रोङ्ग गाउँपालिकामा भने नेकपा एमाले रोङ्ग गाउँपालिका कमिटीका सचिवालय सदस्य एवम् जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको निधनका कारण स्थगित गरिएको हो ।

जिल्लाको विभिन्न स्थानिय तहमा भएको भेलामा इलाम नगरपालिकामा नेकपा एमाले प्रदेश नं. १ का सदस्य मणी कुमार लिम्बु, जिल्ला कमिटी सदस्य कृष्ण श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवम युवा इन्चार्ज छवि श्रेष्ठ र इलाम नगरका अध्यक्ष धिरेन चेम्जाङ्गले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी सुर्याेदयन नगरपालिकामा नेकपा एमाले इलामका अध्यक्ष एवम प्रदेश नं १ का सांसद रामबहादुर मगर, एमाले जिल्ला कमिटी सदस्य एवम प्रदेश नं. १ सांसद काजिमान कागते, जिल्ला कमिटी सचिबालय सदस्य सदस्य नरेश तामाङ्ग, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवीन्द्र सुवेदी, जिल्ला कमिटी सदस्य तथा सुनपा उपमेयर दुर्गा देबि भट्टराई, नगरकमिटी अध्यक्ष साबित्रा सिवा लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरि देउमाइ नगरपालिकामा एमाले इलामको सचिवालय सदस्य एवम देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेल, जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्दकपुर गाँउपालिका उपाध्यक्ष सोभा पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य राज थापाले मन्तव्य राख्नुभएको थियो ।

यसैगरि माइ नगरपालिकामा एमाले केन्द्रिय सदस्य एवम प्रदेश नं. १ संयोजक देवराज घिमिरे, प्रदेश नं. १ सदस्य ध्रुव श्रेष्ठ, एमाले जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनाल, माइ नगरपालिका प्रमुख दिपक थेबे, एमाले जिल्ला कमिटी सदस्य तथा उपमेयर बिष्णुमाया आचार्य, नगरकमिटी अध्यक्ष मुखराज आङ्लेम्बे लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसैगरि माइजोगमाई गाँउपालिकामा एमाले जिल्ला कमिटी सचिब एवम इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एमाले इलामका उपसचिव उमेश गुरुङ्ग, जिल्ला कमिटी सचिबालय सदस्य दामोदर भट्टराई, जिल्ला लेखा आयोग संयोजक गोपाल नेपाल, क्षेत्रिय कमिटी सचिब नोमनाथ खतिवडा लगायतले मन्तव्य राख्नुभएको थियो ।

यस्तै माङसेबुङ्ग गाँउपालिकामा प्रदेश कमिटी सदस्य जय प्रकाश राई, जिल्ला कमिटी सचिवालय सदस्य किरण राई, जिल्ला कमिटी सदस्य प्रकाश अधिकारी, हेमन्त राई, ठाकुर नारायण श्रेष्ठ, जिल्ला सदस्य तथा माङ्सेबुङ गाउँपालिका उपप्रमुख सुनिता सुब्बा लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसैगरि चुलाचुलि गाँउपालिकामा प्रदेश कमिटी सदस्य दिपक कार्की, एमाले इलामका सचिवालय सदस्य ओमनारायण खनाल, विन्दु लामगादे र प्रदिपचन्द्र राई लगायले मन्तव्य राख्नुभएको थियो ।

यसै गरि सन्दकपुर गाउँपालिकामा एमाले इलामका सचिवालय सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद बराल, एमाले इलामका सचिवालय सदस्य एवम सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुृर राई, जिल्ला कमिटी सचिवालय सदस्य याम राई लगायतले मन्तव्य राख्नुभएको थियो ।

यस्तै फाकफोकथुम गाँउपालिकामा जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र खनाल, छत्र सुब्बा लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिल्लाव्यापी आयोजित अगुवा कार्यकर्ता भेलामा जिल्ला भरबाट ४ हजार भन्दा धेरै कार्यकर्ता उपस्थित भई भव्यरुपमा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले इलामका जिल्ला सदस्य तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य इश्वरी तामाङले जानकारी दिनुभयो ।

इलाम नगर भेला

सुर्योदय नगर भेला

माई नगर भेला

देउमाई नगर भेला

माङ्सेवुङ गाउँपालिका भेला

फाकफेथुम गाउँपालिका भेला

चुलाचुली गाउँपालिका भेला

प्रतिक्रिया:

सम्बन्धित खवर