लुम्बिनी प्रदेशः सभामुखलाई संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी

६ भाद्र, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज पत्रकार सम्मेलनको अयोजना गर्नुहुँदै प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेष्ठ १९ गते र जेष्ठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गर्नुभयो । एमाले संसदीय दलको सदस्यका हैसियतले..

संयमित भएर पार्टी एकताको पक्षमा एकताबद्ध रहन नेकपा एमाले इलामको अपील

६ भाद्र, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीले आफ्ना कार्यकर्ताहरुलाई संयमित भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको छ । कुनैखालका डरधम्की प्रलोभनबाट बिचलित नभई संकटको यसघडीमा एमालेमा एकताबद्ध रहिरहन आग्रह गरेको हो । एमाले जिल्ला अध्यक्ष राम राना र सचिव महेश बस्नेद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,–‘बिगत देखी नै पार्टी बिरोधी कृयाकलापमा रहेका नेकपा एमाले सम्बद्ध केही नेता कार्यकर्ताहरुले नयाँदल दर्ताको प्रकृयामा निर्वाचन आयोगमा आवेदन गर्नु, समृद्ध नेपाल..

झलनाथ पक्षधर इलामका जनप्रतिनिधीहरुको एमाले नछाड्ने संकेत

५ भाद्र, इलाम । इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका नेकपा (एमाले)का नेताहरूले माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा नजाने संकेत गरेका छन् । उनीहरुले केन्द्रीय तहमा दोस्रो तहका नेताले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने भन्दै एमालेमै बस्ने निर्णय गरेका हुन् । उनीहरूले १० बुँदे सहमति पालनामा जोड दिने बताएका छन । सूर्याेदय नगरपालिकामा आज भएको भेलाले नेकपा समाजवादीमा समाहित हुनेभन्दा पनि एमालेमै रहन प्रयास गर्नेगरी अघि बढ्ने निर्णय गरेको बताईएको छ..

ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य

५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो । आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी..

प्रचण्डको कारण एमाले फुट्योः हिक्मत कार्की

५ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का आन्तरिक मामिला तथा कानून मन्त्री रहनुभएका एमाले नेता हिक्मत कार्कीले प्रचण्डको कारणले एमाले फुटेको बताउनुभएको छ । मन्त्री कार्कीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को कारण एमालेभित्र समस्या उत्पन्न भएको पनि जिकिर गर्दे एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर बताउनुभयो । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले अहिले पार्टीभित्र देखिएका केही खालका चूनौति र समस्या समाधान गर्नको..

एमाले विभाजनसँगै प्रदेश–१ मा मुख्यमन्त्रीका लागि दैडधुप सुरु

५ भाद्र, काठमाण्डौँ । नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेको गठबन्धनले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन । सत्तारूढ गठबन्धनमा काँग्रेसलाई गण्डकी र सुदूरपश्चिम, माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको नेतृत्व दिने आन्तरिक सहमति भएको भन्ने आधारमा एकीकृत समाजवादीले सरकारको नेतृत्व..

मुम्बईमा उपचाररत कांग्रेस नेता गिरीलाई भेट्न मुम्बई पुगे उपसभापति निधि

४ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीसंग भेटघाट गर्नुभएको छ । भेटका क्रममा निधिले गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । गिरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपसभापति निधिले जनाउनुभएको छ । ‘उहाँको घाँटीको देब्रेपट्टिको नलीमा सानो ट्युमर देखिएको छ । ट्युमरबारे सम्पूर्ण रिपोर्ट आइसकेको छैन । अहिले उहाँ सामान्य हुनुहुन्छ र स्वास्थ्यमा खतरा छैन’, निधिले भन्नुभएको छ । भेटका क्रममा गिरीले आफूले..

अध्यादेशको विरुद्धमा कालो कफन बाधेर अनेरास्ववियुको विरोध प्रदर्शन

४ भाद्र, काठमाण्डौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ । अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् । टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।  

सनाखतका लागि निर्वाचन आयोगले बोलायो माधव र महन्थको पार्टीलाई

४ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भाद्र ९ गते बोलाएको छ । आज शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भाद्र ९ गते सनाखतका लागि बोलाएको हो । प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भाद्र ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोगले जनाएको छ । यसअघि नेपाल..

१० बुँदे कार्यन्वयन नभए विद्रोह गर्ने माधव समूह छाडेका नेताहरुको सन्देश

४ भाद्र, काठमाण्डौँ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले)का माधव नेपाल समूहमा छाडेका नेताहरुको छुट्टै भेला भएको छ । आज शुक्रवार बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो । एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने उनीहरुको निश्कर्ष छ । यसको लागि अध्यक्ष केपी शर्मा ओलीलाई एक साताको समय दिईएको पनि बैठकमा सहभागी एक..