राजनीति

एमालेमा विभाजनकारी प्रवृत्ति हाबी भएको भन्दै भीम आचार्यद्धारा १० बुँदे अपिल
२७ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आज विहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उहाँले यतिबेला एमाले गम्भीर संकटबाट गुज्रिरहेको समेत बताउनुभएको हो । पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्ने उहाँको भनाइ छ । टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल गर्नुभएको..

मिलीजुली सरकारको साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी
२४ श्रावण, काठमाण्डौँ । मिलीजुली सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिंदै छ । सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि खनज बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर..

एमालेको स्थायी कमिटी बैठक भोली बस्दै
२४ श्रावण, काठमाण्डौँ । नेकपा एमालेले भोलीका लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोली बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभएको छ । भोली नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उहाँको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् । यसअधि आजका लागि बैठक पार्टी एकता पहलका लागि भन्दै भोलिका लागि सारिएको उहाँको भनाई छ । यही श्रावण २१ र २२..

प्रदेश सांसद बिमला वलीले मुख्यमन्त्री पोखरेललाई एक करोड मागेको खुलासा
२३ श्रावण, काठमाण्डौँ । हप्तादिन एमाले सांसद भएर माओवादी पार्टीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले एमालेलाई विभिन्न आरोपहरु लगाईन् । आफूलाई मुख्यमन्त्री शंकर पोखरेल सरकारीनिवासमा बन्दक बनाएको भन्दै उनले मिडियाहरुमा भन्नसम्म भ्याईन् । तर सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । उनै संसद वलीले मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण मिलाइदिएका थिए..

अध्यक्ष ओलीसँग झुकेर एकता नगर्ने माधव समूहको निष्कर्ष
२२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग झुकेर एकता नगर्ने निष्कर्ष निकालेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभएको हो । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिनुभयो..

मधेसमा महन्थ र उपेन्द्र आमनेसामने
२२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् । दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् । उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता..

महन्थ ठाकुर पक्षले जसपा फुटाउन चाहेको छैनः अनिल झा
२१ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अनिलकुमार झाले महन्थ ठाकुर पक्षले पार्टी फुटाउन नचाहेको बताउनुभएको छ । आफ्नो पक्षलाई पार्टी फुटाउनुपर्ने कुनै आवश्यकता नरहेको नेता झाले स्पष्ट पार्नुभएको हो । निर्वाचन आयोगले दिएको जसपा विभाजनको निर्णयमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकारेपछि पार्टीभित्रको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्छ कि जसपामै रहन्छ भन्ने प्रश्नमा जसपा फुट्नुपर्छ भनेर अदालत नगएको भन्दै नेता झाले पार्टीको सबै पक्ष..

एमाले माधव पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, अन्यौलताबारे निर्णय आउने
२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको बताईएको छ । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय..

ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री देउवाको तारो
२० श्रावण, काठमाण्डौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उहाँले धमाधम नियुक्ति खारेजी र बदर गर्न सुरु गर्नुभएको छ । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालिएको छ । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव..

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णय
१९ श्रावण, काठमाण्डौँ । देउवा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । यो आयोग तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग थियो । भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो । यस्तै बैठकले..