राजनीति
नुहाउँदा एक–दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै झरेः एमाले अध्यक्ष ओली
१२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताउनुभएको छ । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको बताउनुभएको हो । ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ उहाँले भन्नुभएको छ । आज नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव..
सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय
१० भाद्र, काठमाण्डौँ । नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ । १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट..
प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण
१० भाद्र, विराटनगर । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हाल्नुभएको हो । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामना सहित बधाई दिनुभयो । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश–१ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बन्नुभएको हो ।
एमालेको केन्द्रीय कमिटीको बैठक सुरु
१० भाद्र, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । केन्द्रीय सदस्य समेत रहनुभएका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा..
जन–गायक जेबी टुहुरेको निधन
१० भाद्र, काठमाण्डौँ । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । काठमाण्डौँको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको हो । केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उहाँलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उहाँको अवस्थामा सुधार आउन सकेन । ७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उहाँले सयौं संख्यामा..
प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
१० भाद्र, विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेकपा एमालेको सचिव समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश–१ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उहाँले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री..
नेकपा समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत दर्ता
९ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगमा आज दुई नयाँ पार्टी दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत–समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत दर्ता भएका हुन् । आज दिउसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको छ । दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले बताउनुभयो..
गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकः अथाह घरजग्गा, किलोमा सुनचाँदी
९ भाद्र, कास्की । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेशसभा मन्त्री विन्दुकमार थापा देखिनुभएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा..
लोसपाका नेताहरु सनखत गरेर फर्के
९ भाद्र, काठमाण्डौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै..
एकीकृत समाजवादी पार्टी सनाखतका लागि नेताहरु निर्वाचन आयोगमा
९ भाद्र, काठमाण्डौँ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुले निर्वाचन आयोगको कार्यलय पुगेर सनाखत गरेका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुग्नुभएको थियो । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुग्नुभएको थियो भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए । एमालेबाट फुटेर नयाँ दल बनाएका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७