उपेन्द्र यादवको साथमा कति जना सांसद छन् ?

२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)मा देउवा कि ओली भन्ने विषयले विभाजन बढेको छ । देउवालाई जसपाको उपेन्द्र यादव समूहका १३ सांसदले साथ दिएका थिए । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १९ सांसद देखिएका थिए । सत्ताको खेलले अब यादव र ठाकुरसँग कति सांसद रहने हुन् ? चासोको विषय बनेको छ । मन्त्री बन्न नपाए यादवलाई साथ छाड्ने सांसदहरुको संख्या बढ्न सक्छ । मन्त्री बन्नका लागि..

एमाले र जसपा (महन्थ पक्ष)बीच सहकार्य जारी रहने

२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी महन्थका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुई पार्टीबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको हो । ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो । ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको थियो । जसपाको आधिकारिकता विवाद निर्वाचन..

पार्टी एकता लागि एमालेका दोस्रो तहका नेताहरु पुनः छलफलमा

२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहनुभएको थियो । यस्तै एमाले..

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला बैठक बस्ने लागेको हो । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका..

ओलीको गृह नगर दमकमा चोलेन्द्र शमशेरको पुत्ला जलाईयो

२९ असार, झापा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा प्रधानन्यायधिश चोलेन्द्र शमशेरको पुत्ला दहन गरिएको छ । सर्वोच्च अदालतको असार २८ गतेको फैसलाको विरोध गर्दे नेकपा एमालेका कार्यकर्ताहरुले दमकको मुख्य चौकमा प्रधानन्यायधिश शमशेरको पुत्ला जलाएका हुन् । उनीहरुले चोलेन्द्र शमशेर मुर्दावाद, सर्वोच्चको फसैला खारेज गर, केपी ओली जिन्दावाद भन्दै नारावाजी गरेका थिए । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी झापा र युवा संघ नेपाल झापाको..

नवनियुक्त तीन मन्त्रीद्धारा पदभार ग्रहण

३० असार, काठमाण्डौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज कार्यभार सम्हाल्नुभएको छ । उहाँले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उहाँले मन्त्रीको कार्यभार सम्हाल्नुभएको थिएन । आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गर्नुभएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाद्धारा ४ सदस्य मन्त्रिपरिषद् गठन

२९ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ । नवनियुक्त चारैजना मन्त्रीले आज नै पद तथा..

एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछः प्रधानमन्त्री ओली

२९ असार, काठमाण्डौँ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । सर्वाेच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् । सूर्यको प्रकाशलाई कसैले पनि छेक्न..

सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

२९ असार, काठमाण्डौँ । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बसिरहेको छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजेबाट सुरु भएको नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।..

राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ

२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।