अखिल इलामको सर्कुलर बमोजिम चुलाचुलीको दुई स्थानमा एकैसाथ सरसफाई कार्यक्रम सम्पन्न

अखिल इलामको सर्कुलर बमोजिम चुलाचुलीको दुई स्थानमा एकैसाथ सरसफाई कार्यक्रम सम्पन्न

२० असोज, इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामको निर्णय अनुसार चुलाचुली गाउँपालिकाको दुई स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियु चुलाचुली गाउँ कमिटीको अयोजनामा र युवा संघ नेपाल चुलाचुलीको सहआयोजनामा चुलाचुली ४ को किरात चोलुङ प्रा.वि. मा सरसफाइ गरिएको हो । उक्त विद्यालयमा अनेरास्ववियु चुलाचुली र युवा संघ चुलाचुलीले नै केही महिना अगाडी विरुवा रोपेको थियो । सोही विरुवा गोडमेल तथा विद्यालय परिसर आज सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य नरेन्द्र श्रेष्ठ, अनेरास्ववियु इलामका सहसचिव निशेष राई, युवासंघका नेताहरु शिव तुम्रोक, कंचन राई, अनेरास्ववियुका नेताहरु विहानी राई, मनिराम राई, लोकेन्द्र गौतम, दिवस राई, दिपेन्द्र गौतम लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी इलामको सबैभन्दा बिकट मानिने तत्कालिन साक्फारा गा.वि.स. हाल चुलाचुली ६ को राट्रप्रेमी उच्च मा.वि. मा पनि अनेरास्ववियु चुलाचुलीको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु नेता प्रकाश तामाङ र रोहन खरेलको अगुवाईमा विद्यालय परिसर सफा गरेर सरसफाई कार्यक्रम सम्पन्न गरिएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270