राजनीति

दमक क्याम्पस अगाडी अनेरास्ववियुले जलायो अध्यादेश
३ भाद्र, झापा । झापाको दमक क्याम्पस अगाडी अनेरास्ववियुले दल विभाजन सम्वन्धी अध्यादेशलाई सांकेतिक रुपमा जलाएको छ । सरकारले जारी गरेको अध्यादेशको विरुद्धमा उनीहरुले नारावाजी गर्दे प्रर्दशन समेत गरेका छन् । एमाले अध्यक्ष समेत रहनुभएका केपि ओलीको गृह नगर दमकमा रहेको दमक क्याम्पस गेटमा अनेरास्ववियुका कार्यकर्ताहरुले देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर देशलाई पुनः राजनीतिक अस्थिरतामा लगेको भन्दै नारावाजी गरेका थिए । अनेरास्ववियु झापाका अध्यक्ष समर्पण खतिवडाले देउवा सरकारले..

हामीले अलिकति मेहनत गर्ने हो भने माधव नेपाल रित्तै हुन्छन्ः केपी ओली
३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताउनुभएको छ । भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देउवा सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या र्पुयाउन नसकेको अध्उइा ओलीले बताउनुभयो । ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि..

नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष..

महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता
२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि आज बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ ।..

एमाले चोईटिएर बनेको एमाले (समाजवादी)मा को को भए केन्द्रिय सदस्य ? (नामावली हेर्नुहोस)
२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेबाट चोईटिएर बनेको एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरुको नामावली हेर्नुहोस्ः माधवकुमार नेपाल झलनाथ खनाल मुकुन्द न्यौपाने प्रदीप नेपाल डा. बेदुराम भुसाल प्रमेशकुमार हमाल राजेन्द्रप्रसाद पाण्डे डा.विजयकुमार पौडेल डा. गंगालाल तुलाधर प्रकाश ज्वाला नागेन्द्रप्रसाद चौधरी जयन्ती राई तुलबहादुर गुरुङ जगन्नाथ..

एमाले फुटाउन ल्याइएको अध्यादेश अगाडि बढाए सरकारलाई महंगो पर्ने एमालेको चेतावनी
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले तीन दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सो माग गरेको हो । बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि नबढाउन र तत्काल फिर्ता लिन माग गरेको छ । एमाले फुटाउने नियतसाथ ल्याइएको अध्यादेश अगाडि बढाए सरकारलाई महंगो पर्ने चेतावनी पनि एमालेले दिएको छ । संसद् छलेर अध्यादेश ल्याउने..

‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’ भन्दै अध्यादेशको विरुद्धमा अनेरास्ववियुको प्रर्दशन
१ भाद्र, काठमाण्डौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन गरेको छ । अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार र बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले ‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’, ‘परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियुले दल विभाजनसम्बन्धी सरकारको..

एमाले एकताको सम्भावना सकियोः माधव नेपाल
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गर्नुभएको छ । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताउनुभएको हो । ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छाै र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छाैं । अहिले नयाँ दल दर्ता गरे..

जसपा ठाकुर पक्षको नयाँ पार्टी दर्ता गर्ने तयारी, नाम ‘जसपा लोकतान्त्रिक’ रहने
१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर समूह नयाँ पार्टी दर्ता गर्ने गृहकार्य जुटेको थियो । यो समूहले जिल्लास्तरीय कार्यकर्ता भेलासमेत गरेर आम कार्यकर्ताको मनोभावना बुझिसकेको छ । अधिकांश जिल्लाबाट नयाँ दल दर्ता गरेर अघि बढ्न सुझाव आएपछि यो समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया थाल्ने भएको हो ।..

माधव नेपालसहित १४ जना सांसदमाथी एमालेको कारवाही
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।