एमाले ‘नोकिया’ फोन जस्तो हराएर जान्छः रामकुमार झाँक्री

१६ असोज, इलाम । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमार झाँक्रीले एमाले हराएर जाने बताउनुभएको छ । इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने दावि गर्नुभएको हो । ‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भन्नुभयो ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम..

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँः जनार्दन शर्मा

१२ असोज, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उहाँको भनाइ छ । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार सम्बोधन गर्दै शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने बताउनुभयो ।..

चितवन पुगेर बादलले भने ‘म प्रचण्डसंग चुनाव लड्न तयार छु’

८ असोज, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । उहाँले एमाले पार्टीभित्र १० बुँदे कार्यान्वयन हुने अवस्था भए पनि आफू साविककै जिम्मेवारीमा रहने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र..

ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले विधान संशोधनको प्रस्ताव

३ असोज, काठमाण्डौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आज शुरु भएको एमाले स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । प्रस्तावमा पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको एक स्थायी कमिटी सदस्यले बताए । स्थायी कमिटीमा आएको विधान संशोधन..

कांग्रेस दमकको सह–सचिवमा युवा नेता ललित मगरको उम्मेद्धवारी

३१ भाद्र, झापा । पछिल्लो समय नेपाली राजनीतिमा युवा पुस्ताको सक्रियता बढेको छ । राजनीतिक दलहरुमा युवाहरुको जमातले नेतृत्व गर्नुपर्छ भनेर आवाज उठ्न थालेका छन् । हाल चलिरहेको नेपाली कांग्रेसको १४ औँ महाधीवेशन अन्तर्गतको वडा अधिवेशनमा युवाहरु निर्वाचित भएको समाचारले सामाजिक संञ्जाल छाएको छ । यसै अन्तर्गत झापाको दमकमा पनि कांग्रेस समर्थक युवा पुस्ताहरु नेतृत्वमा आउन प्रयासरत देखिन्छन् । गएको स्थानिय तहको निर्वाचनमा दमक नगरपालिका क्षेत्रमा नराम्रो संग पराजय ब्यहोरेको..

अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन, अध्यक्षमा शुक्र फागो

२६ भाद्र, झापा । झापाको दमकमा बसेर अध्ययन गर्ने इलामे विद्यार्थीहरुले अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन गरेका छन् । दमक क्याम्पसमा आज भएको इलामे विद्यार्थीहरुको प्रथम भेलाले शुक्र फागोको अध्यक्षतामा १९ सदस्यीय अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन गरेका हुन् । हाल दमक क्याम्पसमा स्नातक अध्यनतर अनेरास्ववियु इलाम जिल्ला कमिटीका कार्यलय सदस्य नितेश राईको अध्यक्षतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा रोहन खरेल, सहसचिवमा नाम्नु हाङमा राई र कोषाध्यक्षमा मिसन..

एमाले इलामको पालिकास्तरिय कार्यकर्ता भेला सम्पन्न, ४ हजार बढी कार्यकर्ता सहभागी (फोटो हेर्नुहोस्)

२६ भाद्र, इलाम । नेकपा एमाले इलामको नगरपालिका र गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले इलाम जिल्ला सचिवालय कमिटीको निर्णय बमोजिम इलाममा रहेका दश वटा स्थानिय तहहरु मध्ये ९ वटा स्थानिय तहहरुमा अगुवा कार्यकर्ता भेला समपन्न भएको हो । रोङ्ग गाउँपालिकामा भने नेकपा एमाले रोङ्ग गाउँपालिका कमिटीका सचिवालय सदस्य एवम् जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको निधनका कारण स्थगित गरिएको हो । जिल्लाको विभिन्न स्थानिय तहमा..

सभामुखको विरोध गर्दै युवा संघ र अनेरास्ववियुले कालो बेलुन उडायो

२३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ । प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् । दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए ।

वागमतीका नवनियुक्त १० मन्त्रीले सपथ लिए

२३ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज थप ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

एमालेको अवरोधकाबीच संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

२३ भाद्र, काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक भाद्र २५ गतेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्नुभएपछि बैठक स्थगित भएको हो । बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय नाम समेत पढेर सुनाउनुभएको थियो । एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।