१६ असोज, इलाम । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमार झाँक्रीले एमाले हराएर जाने बताउनुभएको छ । इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने दावि गर्नुभएको हो ।
‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भन्नुभयो ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम हुसेनको शासन टिक्ने थियो।’
विश्वका डरलाग्दा तानाशाह मुसोलोनीको शासन र अग्ला सालिक समेत ढलेकाले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उहाँले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताउनुभयो । उहाँले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आरोप लगाउनुभयो ।