अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन, अध्यक्षमा शुक्र फागो

अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन, अध्यक्षमा शुक्र फागो


२६ भाद्र, झापा । झापाको दमकमा बसेर अध्ययन गर्ने इलामे विद्यार्थीहरुले अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन गरेका छन् । दमक क्याम्पसमा आज भएको इलामे विद्यार्थीहरुको प्रथम भेलाले शुक्र फागोको अध्यक्षतामा १९ सदस्यीय अनेरास्ववियु दमक–इलाम सम्पर्क मंञ गठन गरेका हुन् ।

हाल दमक क्याम्पसमा स्नातक अध्यनतर अनेरास्ववियु इलाम जिल्ला कमिटीका कार्यलय सदस्य नितेश राईको अध्यक्षतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा रोहन खरेल, सहसचिवमा नाम्नु हाङमा राई र कोषाध्यक्षमा मिसन सेलिङ तथा सदस्यहरुमा दिवस राई, रितेस बस्नेत, पर्बत राई, सुशील राई, सेसेहाङ योङ्हाङ, आचल साम्पाङ लगायत रहेका छन् ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा झापा संयोजक समर्पण खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलामा अनेरास्ववियुका केन्द्रिय सदस्यद्वय सन्तोष दुलाल, दिपेश दाहाल, झापा जिल्ला सहसंयोजक नारायण पोख्रेल, अनेरास्ववियु इलामका सचिवालय सदस्य खगेन्द्र त्रिखत्री, इलामका जिल्ला सहस्यहरु तिलक राई, दिपेन्द्र गौतम, दिवस राई, पर्वत राई, प्रकाश तामाङ लगायतको उपस्थिति रहेको थियो । अनेरास्ववियु दमक क्याम्पसका सचिव अबिश खनालले संञ्चालन गरेको भेलामा अनेरास्ववियु दमक क्याम्पसका अध्यक्ष भिजन चेम्जोङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

भेलामा बोल्ने विद्यार्थी नेताहरुले दमक–इलाम सम्पर्क मंञ दुई जिल्लाको विद्यार्थीहरुलाई जोड्ने कडिको रुपमा स्थापित हुन शुभकाना दिएका थिए । हाल दमक–इलाम सम्पर्क मंञ नामाकारण गरिए पनि यो मंञले निकट भविष्यमै झापाभरी नै पढ्ने इलामका विद्यार्थीहरुलाई जोड्दै अनेरास्ववियु झापा–इलाम सम्पर्क मंञ बनाईने पनि भेलामा बताईएको थियो ।

भेलामा नेपाल विद्यार्थी संघ झापा सदस्य तथा दमक क्याम्पस सभापती अतित राई, समाजवादी विद्यार्थी दमक क्याम्पसका अध्यक्ष दिपक मादेन र अखिल क्रान्तीकारी दमक क्याम्पसका प्रतिनिधी भेषराज संजय आचार्यको पनि आथिथ्यता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर