ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले विधान संशोधनको प्रस्ताव

ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले विधान संशोधनको प्रस्ताव


३ असोज, काठमाण्डौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आज शुरु भएको एमाले स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ ।

प्रस्तावमा पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको एक स्थायी कमिटी सदस्यले बताए ।

स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर