कारवाहीको नयाँ शैली, काम विना नै घरबाहिर निस्कनेलाई सडकमै दुई घण्टा उभ्याईदै

३० चैत्र, झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन बढेपछि झापामा प्रहरीले सडकमै २ घण्टा उभ्याएर कारवाही ष्र्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार जिल्लाका मुख्य शहरबजारहरु दमक, झिलझिले, काकरभिट्टा, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानमा चेकजाँचको क्रममा लकडाउन उल्लंघन गर्नेलाई तिन मिटरको दूरीमा कायम गरेर कारवाही गर्न थालेको हो । अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले..

काेराेनाका कारण अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु

काठमाण्डाै, ३० चैत्र । काेराना भाइरसका कारण अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकामा ५ लाख ३३ हजार ८८ जना काेराेना संक्रमित पुगिसकेकाे छ । मृत्यु हुने संख्या विश्वमा १ लाख ८ हजार ८ सय ३७ जना पुगिसकेकाे छ । विश्वमा काेराेना संक्रमित १७ लाख ८० हजार ७ सय १४ जनामा काेराेना संक्रमित देखिएकाे छ । नेपालमा भने ४ हजार ४ सय २६ जनाकाे..

देउमाई नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

३० चैत्र, देउमाई/इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रणका लागि सरकारले तिन साता देखी जारी गरेको लक डाउनका कारण समस्यामा परेकाहरुलाई देउमाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकामा रहेका विपन्न परिवार तथा दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्ने व्यक्तिहरुको पहिचान गरी चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न राहत सामाग्री वितरण गरिएको देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा रहेका २६८..

विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि

३० चैत्र, विरगञ्ज । प्रदेश नं. २ को बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण..

सांसद विकास काेषकाे रकम काेराेनाकाेषमा राखाै– नारायणकाजी श्रेष्ठ

काठमाडौं, २९ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सांसद विकास कोषको खर्च नभएको रकम काेराेना भाइरस (कोभिड-१९) कोषमा राख्न माग गरेका गर्नुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता समेत रहनुभएका श्रेष्ठले  शनिबार ट्वीट गर्दै सांसद विकास कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्च गर्नुपर्नेमा जोड दिएका दिनुभएकाे छ । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले आफूले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नभएको मात्र नभई अनुचित समेत रहेको दोहोर्याएका..

काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु

काठमाण्डाै, २९ चैत्र । काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु भइसकेकाे छ । काेराेना भाइरस (काेभिड १९) बाट १७ लाख ३५ हजार ४ सय ८६ जना संक्रमित छन् । हालसम्म विश्वमा काेराेना संक्रमित भएर पनि ३ लाख ९२ हजार ८ सय ५८ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । समाचार तयार पार्दासम्म पछिल्लाे २४ घण्टालाइ हेर्ने हाे भने चीनमा ३ जनाकाे मृत्यु भएकाे छ भने..

विपन्न परिवारलाई रोङ गाउँपालिकाको खाद्यन्न राहत

२९ चैत्र, रोङ÷इलाम । इलामको पुर्वी दक्षिणी भागमा रहेको रोङ गाउँपालिकामा विपन्न तथा असाह्यहरुलाई राहत वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिन सरकारले तिन साता देखी लगाएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत सामाग्रीको रुपमा चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न वितरण गरिएको हो । जम्मा ६ वटा वडा रहेको रोङ गाउँपालिकाले आज वडा नं. ६ का १९२ विपन्न परिवारलाई राहत..

सर्वसाधारणको विद्युत महशुलमा २५ प्रतिशत छुट, उद्योगलाई ३० देखि ५० प्रतिशतसम्मः उर्जामन्त्री पुन

२९ चैत्र, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यसैगरी सरकारले लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम अवस्थामा केही ठूला..

झापामा कोठाभाडा बसेर अध्यन गर्ने विद्यार्थीहरुलाई आ–आफ्नो घर पुर्याउने निर्णय

२९ चैत्र, झापा । झापा जिल्लाको दैनिक जनजीवन सहज बनाउन र जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले १३ बुँदे निर्णय गरेको छ । किसान सम्बन्धी राहत, अति विपन्नलाइ राहत, सिमामा क्वारेन्ठटाइन विस्तार, दैनिक उपभोग्य बस्तु तथा इन्धनको ब्यवस्थापन लगायतको बिषयमा निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिती झापाका प्रमुख सामेनाथ पोर्तेलले बताउनुभयो । प्रमुख पोर्तेलका अनुसार अव राहत..

लकडाउनको १९ औँ दिन दमक बजार (फोटो फिचर)

२९ चैत, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनको आज १९औँ दिन । देशभरका शहरबजाहरु ठप्प छन् । अत्यावश्यकीय कामका लागि भन्दा अन्य कामका लागि घर बाहिर हिनडुल गर्न पुर्ण रुपमा प्रतिवन्ध छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेका झापाको दमक बजार पनि पुर्णतः ठप्प छ । हेर्नुहोस्, गृहखबर डट कमले खिचेका दमक बजारका तस्विरहरुः