धरानको पानवारीमा एक व्यक्ति मृत फेला

२ बैशाख,  सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पानवारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पानवारीमा विगत लामो समय वेवारीसे अवस्थामा सडकमा नै बस्ने अन्दाजी ५९ वर्षिया विनोद राई नाम गरेका व्यक्ति मृत फेला परेका हुन । धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिं बस्नेतका अनुसार मंगलबार राती पानवारीको कलबोट नजिकैको मान्छे नबस्ने खाली घरमा ति व्यक्ति मृत अवस्थमा फेला परेका हुन् । उनको..

इलामका विपन्न परिवारलाई इलामेली समाज दक्षिण कोरीया राहत

२ वैशाख, इलाम । विगत तिन साता देखी जारी लकडाउनका कारणका रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाजले राहत वितरण गरेको छ । विपन्न परिवारलाई समाजले पहिचान दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का विपन्न परिलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको बताईएको छ । ७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र..

नहरमा डुबेर ८ बर्षीय बालकको मृत्यु

२ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नं. ७ मा नहरमा डुबेर ८ बर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रङगेली नगरपालिका २ घर भई दुहवीको ए.वि.आइ. ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब रहेको बताइएको छ । हिजो सोमवार आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएको र उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका..

तरकारीको गाडीमा लुकेर नेपाल प्रवेश गर्ने १४ भारतिय नियन्त्रणमा

२ वैशाख, झापा । पूर्वी नाका झापाको काँकरभिट्टाबाट तरकारीको गाडीमा लुकेर नेपाल प्रवेश गरेका १४ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । काँकडभिट्टा नाकाबाट तरकारीको गाडीमा लुकेर आएका भारतीयलाई सुनसरीको इनरुवामा हिजो सोमबार प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । अस्ति आईतवार राति काँकडभिट्टा नाकाबाट तरकारी बोक्ने पिकअप भ्यानमा उनीहरु नेपाल प्रवेश गरेको खुलासा भएको छ । कोशी व्यारेजतर्फ जाँदै गरेका उनीहरुलाई इनरुवा ३ बाट प्रहरीले नियन्त्रणमा लिएका..

लकडाउन अवधिभर निःशुल्क एम्वुलेन्स सेवा

२ वैशाख, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवालाई निशुल्क बनाएको छ । हृदयाघात, मुटुरोगी, मिर्गाैलारोगी लगायतका बिरामीलाई अस्पताल आउजाउ गर्न निःशुल्क एम्वुलेन्स सेवा दिईने निर्णय भएको जनाईएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा उपलब्ध गराईने छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न..

प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सवै सम्पती प्रतिष्ठानलाई दिने

२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गर्नुभएको छ । उहाँले आफू निकटका नेताहरूलाई यसको जानकारी गराउनुभएको छ । स्रोतका प्रधानमन्त्री ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराउनुभएको हो । प्रतिष्ठानको दर्ता प्रधानमन्त्री हुनु अगाव नै गराएको भएपनि त्यसको जानकारी हालैमात्र उहाँ निकटका नेताहरुलाई गराईएको ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक स्थायी समिति सदस्यले जनाउनुभयो ।..

र्यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ आयो

१ वैशाख, पोखरा । कोरोना भाइरस संक्रमणको आंशङ्कामा र्यापिड टेस्ट परिक्षणमा पोजेटिभ रिपोर्ट आएको बागलुङकी एक महिलाको रिपोर्ट पुनः परिक्षण गर्द नेगेटिभ आएको छ । र्यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ परिक्षणमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । उहाँका अनुसार संक्रमणको आशंङ्का गरिएको महिलाको स्वाब पुनःपरिक्षणको लागि पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा..

रौतहटका थप एक युवकमा कोरोनाको संक्रमण पुष्टि, नेपालमा जम्मा १४ व्यक्ति संक्रमित

१ वैशाख, काठमाण्डौँ । महामारीको रुपमा विश्वभरी फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपालमा थप एक जनामा भएको पाईएको छ । कोरोना भाइरसका नयाँ संक्रमित व्यक्ति रौतहट जिल्लाका हुन् । जिल्लाकै एक सामुदायिक क्वारेन्टाइनमा रहेका ति १९ वर्षीय युवकामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ की ६५..

नेपालमा थप २ जनामा काेराेना देखियाे, संक्रमित संख्या १४ पुग्याे

काठमाडौं, १ वैशाख । नेपालमा थप दुइ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टिनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । हालसम्म नेपालमा ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण गरिसकेकाे छ । साेमबार नै कैलाली जिल्ला लम्किचुवा नगरपालिकाकाे क्वारेन्टिनमा..

चुलाचुलीको अव्यवस्थित वसोवास समस्या हल हुदैँ, २५ परिवारले पाईसके धनिपुर्जा

१ वैशाख, चुलाचुली/इलाम । चुलाचुली वडा नं. ४ मा बसोवास गर्ने करिव २५ परिवारले जग्गाको धनिपुर्जा पाएका छन् । वि.स. २०६४ सालमा बनेको अव्यवस्थित वसोवास समस्या सामधान समितीले कागजी प्रकृया पुरा गरिदिए पनि आर्थिक रुपमा विपन्नताका कारण जिल्लाबाट धनिपुर्जा लिन नसकेकाहरुले अहिले वडा कार्यलयको सहयोगमा धनिपुर्जा पाएका छन् । चुलाचुली ४ का वडाध्यक्ष कालिदास भट्राईका अनुसार २०६४ सालको अव्यवस्थित वसोवास समस्या सामधान समितीले कागजी प्रकृया पुरा गरिदिए पनि आर्थिक रुपमा..