१ वैशाख, पोखरा । कोरोना भाइरस संक्रमणको आंशङ्कामा र्यापिड टेस्ट परिक्षणमा पोजेटिभ रिपोर्ट आएको बागलुङकी एक महिलाको रिपोर्ट पुनः परिक्षण गर्द नेगेटिभ आएको छ । र्यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ परिक्षणमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । उहाँका अनुसार संक्रमणको आशंङ्का गरिएको महिलाको स्वाब पुनःपरिक्षणको लागि पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
बागलुङमा यसअघि नै दुई जना कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको जनाईएको छ ।