काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ९६ हजार ७ सय ९१ जना पुग्याे

काठमाण्डाै । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९६ हजार ७ सय ९१ पुगेकाे छ । विश्वमा हालसम्म १६ लाख १५ हजार ४९ जनामा काेराेना संक्रमित देखिएकाे छ । काेराेना भाइरस फैलन सुरू भएकाे १ सय दिन कटिसकेकाे छ । हाल विश्वमा यसले महामारीकाे रूप लिरहेकाे छ । समाचार तयार पार्दासम्मकाे रेकर्डलाइ हेर्ने हाे भने अमेरिकामा मात्र १६ हजार ६ सय ९७ जनाकाे मृत्यु भइसकेकाे छ । त्यस्तै स्पेनमा..

लमजुङका दिर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

२८ चैत्र, लमजुङ । लमजुङ जिल्लामा स्वास्थ्य कार्यालयले दिर्घरोगी तथा नियमित औषधी सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि घरमै सेवा दिन सुरु गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि एचआईभि संक्रमित, क्षयरोगका विरामी जस्ता दिर्घ रोगी साथै गर्भपरिक्षण, परिवार नियोजनका अस्थाई साधन प्रयोगकर्ता लगायत नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिलाई स्वास्थ कार्यलयले स्वास्थ्य संस्था र सम्वन्धित स्थानीय तहसँग समन्वय गरी घरघरमै सेवा दिने..

दुई देशका प्रधानमन्त्री ओली र मोदी बीच टेलिफाेन वार्ता

काठमाण्डाै, २८ चैत्र ।  प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएकाे छ । टेलिफाेन वार्तामा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् । लकडाउनका कारण एक अर्काकाे मुलुकमा राेकिएका नागरिकहरूलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

प्रदेश नं. २ को राहत कोषमा करिव दुई करोड रकम जम्मा

२८ चैत्र, सप्तरी । प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा डेढ करोडभन्दा बढी सहयोग जम्मा भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा १ करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको बताईएको छ । सो कोषमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, नेपाल..

झापाका सिमावर्ती क्षेत्रमा थप कडाई, प्रहरीको तिन वटा अस्थाई वेस क्याम्प खडा

२८ चैत्र, झापा । झापाको सिमावर्ती क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सिमाक्षेत्रका बिभिन्न स्थानमा १६ वटा निगरानी समिति गठन गर्दै प्रहरीलाई छक्कयाएर कोही पनि लुकी छिपी नेपाल प्रवेश गर्न नपाउन भन्ने उद्देश्यले स्थानीयसंगको सहकार्यमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणको समस्या भारतमा बढ्दै गएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाली..

शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने नेकपा इलामको प्रतिबद्धता

२६ चैत्र, इलाम । शहीद रत्नकुमार वान्तवाको ६९औं जन्म जयन्ती तथा ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले आज एक प्रेस वक्तव्य जारी गरेर शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष एवं १ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर र जिल्ला कमिटी सचिव सोममायाँ राई सिन्धुद्वारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा..

कोरोनाका कारण ८८ हजार ४ सय ५५ जनाको मृत्यु

२७, चैत्र । कोरोना भाइरस (कोभिड १९)का कारण हालसम्म विश्वमा ८८ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । ४ लाख ३४ हजार ९ सय २७ जना संक्रमित रहेको छ । कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९ सय ४० जनाको मृत्यु भएको छ ।  अमेरिकामा मात्र हेर्ने हो भने २२ हजार ८ सय ९१ जनाले स्वास्थ्यलाभ गरिसकेका छन । हालसम्म २२ लाख ९ हजार..

इलाम नगरपालिकामा राहत बाँड्ने र लिनेको होडबाजी

२६ चैत्र, इलाम । कोरोना भाइरस (COVID-19) को महामारिका कारण सरकारले लकडाउन गरेसँगै इलाम नगरपालिकाका असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असायहरुलाई राहत वितरणको होडबाजी चलेको छ । नगरपालिकाले राहत वितरणको लागि सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा प्रहरी र उद्योग वाणिज्य संघको प्रतिनिधि समेतको समितिले गत सोमबारबाट राहत वितरण प्रारम्भ गरेको छ । राहत वितरण गर्नको लागि इलाम नगरपालिका, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड,..

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाण्डौ, २५ चैत्र । सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज मंगलबार सम्बोधन गर्नुभएको छ ।उहाँले गर्नु भएको सम्बोधनको पुर्नापाठ । आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा..

अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध

काठमाडौं, २५ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन्..