चुलाचुलीको अव्यवस्थित वसोवास समस्या हल हुदैँ, २५ परिवारले पाईसके धनिपुर्जा

चुलाचुलीको अव्यवस्थित वसोवास समस्या हल हुदैँ, २५ परिवारले पाईसके धनिपुर्जा

१ वैशाख, चुलाचुली/इलाम । चुलाचुली वडा नं. ४ मा बसोवास गर्ने करिव २५ परिवारले जग्गाको धनिपुर्जा पाएका छन् । वि.स. २०६४ सालमा बनेको अव्यवस्थित वसोवास समस्या सामधान समितीले कागजी प्रकृया पुरा गरिदिए पनि आर्थिक रुपमा विपन्नताका कारण जिल्लाबाट धनिपुर्जा लिन नसकेकाहरुले अहिले वडा कार्यलयको सहयोगमा धनिपुर्जा पाएका छन् ।

चुलाचुली ४ का वडाध्यक्ष कालिदास भट्राईका अनुसार २०६४ सालको अव्यवस्थित वसोवास समस्या सामधान समितीले कागजी प्रकृया पुरा गरिदिए पनि आर्थिक रुपमा विपन्न भएका कारण जिल्लाबाट जग्गाको धनिपुर्जा भिक्न नसकेका तर अहिले झिक्न चाहनेहरुलाई वडा कार्यलयबाट अनुगमन गएर सर्जिमिन मुचुल्का तयार गरेर वडा कार्यलयले सिफासिर गरिदिएको छ । स्थानियहरुले सोही वडा कार्ययको सिफारीसको आधारमा जिल्लाबाट जग्गाको धनिपुर्जा पाएको वडाध्यक्ष भट्राईले जानकारी दिनुभयो ।

इलामको दक्षिणी भेगमा अवस्थित चुलाचुलीमा दशकौँ देखी वसोवास गर्ने केहीे स्थानियले हालसम्म पनि जग्गाको धनिपुर्जा पाएका छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर