१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफूले पाउने तलवमध्ये २ महिनाको तलव कोरोनाविरुद्धको सरकारी राहत कोषमा र १० महिनाको तलव विपन्न वर्गलाई दिने घोषणा गर्नुभएको हो ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले लेख्नुभएको छ ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ । यसबेला एकतावद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ ।’
साथै उहाँले यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्नुभएको छ ।