समाचार
लकडाउन चाँडै हटाउँदा घातक हुन सक्छः डब्ल्यूएचओ प्रमुख टेड्रोस
२९ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागी लगाईएको लकडाउन चाँडै हटाउँदा घातक हुने विश्व स्वास्थ्य संगठनका (डब्ल्यूएचओ) प्रमुख डा. टेड्रोस अदानोम घोव्रेयेससले चेतावनी दिएका छन् । व्रासिल्सको जेनेभा भर्चुअलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न राष्ट्रले जारी गरेका लकडाउन छिटो हटाउन नहुनेमा जोड दिए । डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्काे आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्ने रणनितीबारे सतर्क..
मित्र राष्ट्र भारतमा एकै दिनमा ४० जनाको मृत्यु, संक्रमितको संख्या तिव्र गतिमा बढ्दै
२९ चैत, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय भारतमा तीब्र गतिमा फैलिएको पाइएको छ । गएको २४ घन्टामा मात्र छिमेकी राष्ट्र भारतमा १ हजार ३५ जना नयाँ संक्रमित थपिएको पाईएको छ । साथै थप ४० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज (शनिबार) बिहानको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार ६ सय पुगिसकेको छ..
जग्गाको विषयमा छिमेकमा विवाद हुँदा खुकुरी प्रहार, तिन जना घाईते
२९ चैत, झापा । जग्गाको विषयमा सामान्य वादविवाद हुँदा झापामा एकै परिवारका तीन जना घाईते भएका छन् । खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खुकुरी प्रहारबाट झापा अर्जुनधारा नगरपालिका ५ का ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवी गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।..
ओली सरकाले गर्याे भिडियो कन्फ्रेन्समार्फत सातै मुख्यमन्त्रीसँग छलफल
२९ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (कोभिड-१९) विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल गरिएकाे हाे । प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड-१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।
धरानमा लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्ने पक्राउ
सुनसरी, २९ चैत्र । सुनसरीकाे धरानमा लकडाउन उल्लंघन गरी बिहान मनिङ वाक गर्नेहरुलाई आज शनिबार प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ जसका कारण घरबाहिर हिडडुल गर्न नपाइने भएकाे छ । तर धरान क्षेत्रमा भने बिहान मर्निङ वाक गर्ने बाहानामा हुल हुल मानिसहरू देखिन थालेपछि प्रहरीले पक्रन थालेकाे हाे। आज बिहानै ४ बजेदेखि प्रहरीले मर्निङ वाक गर्नेहरुलाई धमाधम नियन्त्रणमा लिन..
काेराेनाका कारण अमेरिकामा एक दिनमा २ हजार ३५ जनाकाे मृत्यु
२९ चैत्र । पछिल्लाे २४ घण्टालाइ मात्र हेर्ने हाे भने अमेरिकामा मात्र २ हजार ३५ जनाकाे मृत्यु भएकाे छ । चीनमा भने पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे र ४२ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ । विश्वमा हालसम्म काेराेना भाइरस संक्रमित १७ लाख पुगेकाे छ । ३ लाख ७६ हजार ५ सय २१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् भने । १ लाख २ हजार ७ सय ५१ जनाकाे..
काेराेना संक्रमणका कारण विश्वमा १ लाख ३ सय ७१ जनाकाे मृत्यु
काठमाडौं : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म १ लाख ३ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको संख्या पनि बढेर १६ लाख ५२ हजार ६ सय ४३ पुगेको छ । आज सबैभन्दा धेरै अमेरिकामा १ हजार २ सय ३६ र युकेमा ९ सय ८० जनाको मृत्यु भएको छ । इटलीमा ५ सय ७० र स्पेनमा ५ सय २३ जनाले आज ज्यान गुमाएका..
विराटनगरका युवाअभियान्ताहरु सडकका बेसहारालाई खाना बाड्दै
२८ चैत्र, विराटनगर । सडक पेटीमा बसेर रात बिताउन बाध्य बेसहाराहरुलाई विराटनगर मोरङका सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूहले निःशुल्क खाना खुवाउँदै आएका छन् । विभिन्न दाताहरुको सहयोग र आफ्नै खर्च व्यवस्थापनमा युवाहरूले सडकमा नै पुगेर बेसहाराहरुलाई खाना खुवाउँदै आएका हुन् । समाजसेवी तथा युवा अभियान्ता वसिम आलमका अनुसार खानालाई प्याक गरेर सडकमा रहेका बेसहाराहरुलाइ यथास्थानमा पुरेर वितरण गरिरहेको छ । लकडाउन अवधि भर उक्त सो अभियानलाई निरन्तर रुपमा संञ्चालन गर्ने..
लकडाउन खुलेकाे ३ दिनपछि मात्र अदालत खुल्ने
काठमाण्डाै, २८ चैत्र । सरकारले लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको छ । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले..
इलामका सिमाक्षेत्रमा थप कडाई, जिल्लाका ७ स्थानमा प्रहरीको अस्थायी पोष्ट स्थापना
२८ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण छिमेकी मुलुक भारतमा बढदै गए पछि लुकीलुकी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गरिएको छ । जिल्लाका ७ स्थानमा शसस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । लकडाउनको समयमा भारतबाट आउने क्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको शशस्त्र प्रहरीले जनाएको छ । छिमेकी मुलुक..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७