राष्ट्रपती भण्डारीद्धारा नयाँ बर्षको शुभकामनाः दिगो विकासका लागि अग्रसर हुन देशवासीलाई आव्हान

राष्ट्रपती भण्डारीद्धारा नयाँ बर्षको शुभकामनाः दिगो विकासका लागि अग्रसर हुन देशवासीलाई आव्हान

१ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपालीहरुमा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै समस्त क्षेत्रको विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा हाल कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’ रहेका भन्दै उहाँले अत्यवश्यक काममा पनि सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ । आउदो समयमा हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि देशका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु देशवासीको गहन दायित्व रहेको उहाँले शुभकामना बन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर