प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सवै सम्पती प्रतिष्ठानलाई दिने

प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सवै सम्पती प्रतिष्ठानलाई दिने

२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गर्नुभएको छ । उहाँले आफू निकटका नेताहरूलाई यसको जानकारी गराउनुभएको छ ।

स्रोतका प्रधानमन्त्री ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराउनुभएको हो । प्रतिष्ठानको दर्ता प्रधानमन्त्री हुनु अगाव नै गराएको भएपनि त्यसको जानकारी हालैमात्र उहाँ निकटका नेताहरुलाई गराईएको ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक स्थायी समिति सदस्यले जनाउनुभयो ।

ति स्थायी समिती सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो नाममा रहेको बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि सो प्रतिष्ठानले भोगचलन गर्ने बताउनु भएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसंग प्रतिष्ठानको कार्यदिशाको बारेमा पनि सामान्य छलफल गर्नुभएको जनाईको छ । प्रतिष्ठानले कसो गर्ने ? कसरी गर्ने ? भन्ने बिषमा छलफल गरिएको हो ।

प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पति पत्नी राधिकाको नाममा छ । त्यसमा भक्तपुरको बालकोटमा डेढ रोपनीे क्षेत्रफलमा रहेको ३ तल्ले दुई वटा घर छन् । यस्तै झापामा १० कट्ठा जमिन पनि पत्नी राधिका शाक्यकै नाममा छ ।

हिजो मात्रै उहाँले नयाँ वर्ष २०७७ सालको शुभकामना दिदैं देशमा जारी कोरोना संकट नटरेसम्म आफ्नो सम्पूर्ण तलबभत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर