समाचार
एक बर्षको तलव नलिने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा
१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफूले पाउने तलवमध्ये २ महिनाको तलव कोरोनाविरुद्धको सरकारी राहत कोषमा र १० महिनाको तलव विपन्न वर्गलाई दिने घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले लेख्नुभएको छ ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ ।..
मेचिनगरका ८० जनप्रतिनिधीको एक महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय
१ वैशाख, झापा । झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम कोभिड १९ प्रकोप व्यवस्थापन तथा राहत कोषको खातामा खातामा जम्मा गर्ने भएका छन् । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडारहेका छन् । नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यसहित मेचीनगर नगरकार्यपालिकामा ८० जना जनप्रतिनिधीहरु रहनुभएको छ । महामारी जस्तो विपद्को समयमा बैशाख महिनामा आफुहरुले प्राप्त..
राष्ट्रपती भण्डारीद्धारा नयाँ बर्षको शुभकामनाः दिगो विकासका लागि अग्रसर हुन देशवासीलाई आव्हान
१ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपालीहरुमा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै समस्त क्षेत्रको विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । आज एक शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा हाल कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट..
प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”
१ वैशाख, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभकामना सन्देश दिनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो समय उल्लासमय हुनुपर्ने भए पनि अहिले नोवेल कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) ः https://www.youtube.com/watch?v=OLcg46M8NFA&feature=emb_title प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (पूर्णपाठ) ः
महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट उत्पन्न हुननसक्ने विश्वबैंकको प्रक्षेपण
१ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न लगाईएको लकडाउनका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुन सक्ने विश्वबैंकले अनुमान गरेको छ । विश्व बैंकले हालैमात्र दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालको भावी अर्थतन्त्र अवस्था बारे यस्तो उल्लेख गरेकको छ । कोरोना संक्रमणको अप्रत्यासित महामारीका कारण अर्थतन्त्र खस्कने अनुमान विश्व बैंकले गरेको हो ।..
काेराेनाका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार १ सय ९४ पुग्याे
काठमाण्डाै, ३० चैत्र । विश्वभर कोभिड १९ (कोरोना भाइरस) रोगका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार १ सय ९४ पुगेको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरका १८ लाख ३५ हजार ४ सय ९६ मानिस संक्रमित भएको पछिल्लो तथ्यांक छ । त्यस्तै चार लाख १६ हजार एक सय २७ जना भने कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । उच्च कोरोना..
संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा
३० चैत्र, काठमाडौं । विगत तिन साता देखी जारी लकडाउनका कारण संञ्चारमाध्यमले भोग्नु परेको समस्याको बारेमा सरकार जानकार रहेको अर्थ एंवम् संञ्चार तथा सुचना प्रविधीमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले हाल सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो । आज मिडिया सोसाइटीद्धारा हस्तान्तरीत ज्ञापनपत्र बुुझनुुहुदैं उहाँले जारी लकडाउनका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सघाउने पनि..
चुलाचुलीमा पानीको स्रोतको विकल्प बन्दै सबमर्सियल ट्युवेल
३० चैत्र, चुलाचुली/इलाम । दशकौँ देखी पानीको अभाव झेल्दै आएका चुलाचुलीवासीका लागि सबमर्सियल ट्युवेल वरदान सावित भईदिएको छ । सबमर्सियल ट्युवेल नेपालमा भित्रिएको एक नयाँ प्रविधीको नाम हो । प्रथम त चुलाचुलीमा पानीको स्रोतको नै समस्या हो । दोस्रोमा पानीको स्रोत भए पनि टाणाबाट ल्याउनु पर्ने । त्यसमा खर्च धेरै गर्नुपर्ने । मर्मत–सम्भार गरीरहनु पर्ने । समुदायका सवै लागि नपर्दा पहिले साझेदार निकायको ठूला लगानीमा ल्याएको पानी पनि बन्द भईहाल्थ्यो..
कोरोना संक्रमित फेला परेपछि वीरगञ्जको छपकैया सिल गर्ने प्रदेश–२ सरकारको निर्णय
३० चैत्र, जनकपुरधाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को थप तिन जना नायँ संक्रमित वीरगञ्जको छपकैयामा भेटिएपछी प्रदेश नं. २ मा शुरक्षासतर्कता बढाईएको छ । प्रदेश नं. २ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ । भारतको उत्तर प्रदेशबाट एक साता अगाडीमात्र वीरगञ्ज आएका ति संक्रमितहरु छप्कैयाको एक मस्जिदमा बसेका थिए । सो क्षेत्रका थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन..
दमकमा आइतबार देखि र्यापिड डाइग्नोष्टिक टेस्ट विधिद्वारा कोरोनाकाे परिक्षण शुरु
दमक, ३० चैत । झापाको दमकमा अवस्थित दमक अस्पतालमा आज आइतबार देखि र्यापिड डाइग्नोष्टिक टेस्ट विधिद्वारा कोरोनाकाे परिक्षण शुरु गरेकाे छ । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुकाे काेराेना संक्रमण भए नभएकाे पत्ता लगाउन र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) परीक्षण शुरु भएको हो । किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल वा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने अस्पताल श्रोतले बताएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७