समाचार
इलामको रोङ गाउँपालिकामा साईकल ट्रेलको सम्भाव्यता अध्ययन
२१ मंसिर, इलाम । इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिकाले साईकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को पाटापुरसम्म साइकल ट्रेल बनाइनेछ । हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो, ब्रिटिसटार, गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा, रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा सिद्धि..
नेपाल सरकारको परराष्ट्र नीति सार्वजनिक
२१ मंसिर, काठमाण्डौँ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोेजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो । नीतिमा छिमेकी लगायत सबै मित्रराष्ट्रसँग नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख छ । छिमेकी राष्ट्रहरुसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राखिने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिने,..
आज थपिए १०२४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु
२० मंसिर, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्र बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने..
अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई
२० मंसिर, काठमाण्डौँ । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । उहाँले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताउनुभयो । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्काे संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो । ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी..
इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी
१३ मंसिर, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका सम्पुर्ण वडाहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका २० वटै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजाल सँग वडा–वडामा अन्तरक्रिया भईरहेको छ । इटहरीका २० वटै वडाहरुमा ६३ वटा किशोरी साथी समूह र २० वटा प्रतिरक्षा समूह सकृय छन् । यसै क्रममा शुक्रबार वडा नम्वर १९ र २० मा..
पूर्वप्रधानमन्त्री खनाल र संविधानसभा अध्यक्ष नेम्बाङद्धारा जिल्लाको पूर्वाधार विकासका लागि ८ करोड विनियोजन
१३ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गर्नुभएको छ । पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ शुक्रबार जिल्ला समन्वय समितिमा सम्पन्न बैंठकबाट..
चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदैँ
१३ मंसिर, काठमाण्डौँ । छिमेकी राष्ट्र चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डौँ आउनुहुने भएको छ । सरकारले फेङहीको एकदिने नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । भ्रमणको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उहाँले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नुहुनेछ । उहाँ आइतबार नै चिन फर्कने कार्यक्रम छ । भारतीय विदेश..
मन्त्री कार्कीद्धारा तालतलैया प्रहरी चौकीको नवनिर्मित भवनको उद्धाटन
१२ मंसिर, सुनसरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र एक बिशेष समारोहका बिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोग..
संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भयोः कानुनमन्त्री तुम्बाहाङ्फे
१२ मंसिर, काठमाण्डौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताउनुभएको छ । यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो । आज काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा संन्चालनका लागि अनुभव आदान प्रदान एंवम अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले अधिवेशनका लागि गते नै भने टुंगो नलागेको तर नियमित अधिवेशन सुरु हुने बताउनुभयो । कर्मचारीलगायत सबैलाई पूर्वतयारी गर्न..
स्थानियले नियन्त्रणमा लिएको हरिणलाई प्रहरीले बन कार्यालयमा बुझायो
११ मंसिर, मोरङ । मोरङको रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएको जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायार्लय मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्वर ३ मा पोखरी छेउमा आएको भाले हरिण स्थानियवासीले आज नियन्त्रणमा लिएका थिए । स्थानियले हरिण नियन्त्रणमा लिएको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट त्यहाँ पुगेको प्रहरी टोलीले उक्त हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कायार्लय मोरङले जनाएको छ..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७