दमकको मुख्य क्षेत्रमा सरसफाई तथा सेनिटाईज अभियान

२६ कार्तिक, झापा । झापा दमकको गणतन्त्र चौक परिसरमा सरसफाई गरिएको छ । हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकको अगुवाईमा फुलको बगैचा भित्रको खाली स्थानमा जतासुकै रहेको दिसा तथा अन्य फोहोरको सरसफाई गरिएको हो । दमकको मुख्य क्षेत्र मानिने गणतन्त्र चौकको फूलको बगैचामा नगरपालिकाको सरसफाई शाखाले वेवास्ता गरेकाले जतासुकै दिसा गरी दुर्गन्ध फैलिएकाले सरसफाई गरिएको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । हेप्पी नेपाल र सानो..

दाङमा ट्रककको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

२६ कार्तिक, दाङ । दाङमा ट्रककले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्युु भएको छ । गएराती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । मंगलबार साँझ करिब साढे ७..

आगामी दुई वर्षभित्रमा मदन भण्डारी राजमार्ग कालोपत्रे भईसक्छः पर्यटनमन्त्री भट्टराई

२६ कार्तिक, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्ग आगामी दुई वर्षभित्रमा कालोपत्रे भईसक्ने दावि गर्नुभएको छ । गृह जिल्ला ताप्लेजुङको आठवटै स्थानीय तहहरुमा पुगेर स्थानिहरुसंग प्रत्यक्ष भेटघाट गर्दे मैवाखोला गाउँपालिकामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो । उहाँले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताउनुभयो । मित्रराष्ट्र चीनसँग ९ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता..

झापाका पत्रकार राई सम्मानित हुँदै

२५ कार्तिक, झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य पत्रकार अनिल देव राई पुरस्कृत हुनुहुने भएको छ । सतासी प्रेस क्लब शिबसताक्षीद्धारा स्थापना भएको मनहाङ स्मृती पुरस्कार यस बर्ष पत्रकार राईले पाउनुहुँने भएको हो । लामो समय देखि पत्रकारीतामा क्रियाशील राई नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य, प्रेस संगठन झापा जिल्ला सदस्य तथा हाम्रो सरोकार डट कमका संञ्चालक÷सम्पादक हुनुहुन्छ । उहाँ शिवसताक्षी नगरपालिकाका पुर्व प्रेस संयोजक समेत हनुहुन्छ । गत..

झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

२५ कार्तिक, झापा । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित गएराती तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । गएराति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक..

दुहवी नगरपालिकाद्धारा बजार अनुगमन

२४ कार्तिक, सुनसरी । चाडपर्व नजिकिएसँगै दुहवी नगरपालिकाले बजार अनुगमनलाई तिव्र पारेको छ । दुहवी नगरपालिका भेटनरी शाखाको अगुवाईमा आज दुहवीमा नगर क्षेत्र भित्रका बिभिन्न पसलहरुका अनुगमन गरेको हो । उक्त टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन दुहवी पालिकाले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको माछामासु जन्य, डेरी जन्य बस्तुको गुणस्तर कायम भए नभएको त्यसको खरिद देखी बिक्री..

आज थपिए २५७१ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

२४ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर दुई हजार पाँच सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमा काठमाडौ उपत्यकाका मात्र एक हजार चार सय २८ रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय ७७ जनामा पिसिआर परिक्षण गर्दा एक हजार ५१ महिला र एक हजार पाँच सय २० पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना महामारीबाट..

इलामको सोयाकमा डिप बोरिङ प्रणालीमार्फत पानी वितरण

२४ कार्तिक, इलाम । वर्षाैँदेखि पानीको समस्या रहेको इलामको सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् । इलाम नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ संञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर..

पत्रकार ऋषि धमला कोरोना संक्रमित

२४ कार्तिक, काठमाण्डौँ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको स्वाब परीक्षणमा उहाँको रिपोर्ट आज पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार आफूमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जानकारी दिनुभयो । त्यसमा आज रिपोर्ट पोजेटिभ आएको हो । उहाँ होम–आईसोलेशनमा हुनुहुन्छ । उहाँले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि..

झापाको अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट

२४ कार्तिक, झापा । पूर्वको पशुपतिनाथको नामले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । टाढा टाढाबाट आउने भक्तजन र मन्दिरमा गरिने पूजा पाठ, व्रतबन्ध,..