नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय

३ कार्तिक, काठमाण्डौँ । आज बस्ने भनिएको नेकपा सचिवालय बैठकअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दुवै नेतासँग भेटेर पार्टीभित्रको संकट समाधान दुई अध्यक्षको मिलनबाटै हुने सन्देश दिएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले प्रचण्डसँगको भेटमा सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन र ओलीसँग सहकार्य गरेर जान सन्देश दिनुभएको स्रोतको भनाई छ । उता..

मन्त्रिपरिषद् बैठक एक घण्टापछि सर्यो

३ कार्तिक, काठमाण्डौँ । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि सरिएको छ । नेकपाको सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । गत शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।..

आजदेखी छैठपर्व शुरु

३ कार्तिक, काठमाण्डौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन,..

सात महिनापछि सन्दकपुरमा पर्यटकको चहलपचहल बढ्यो

२ कार्तिक, इलाम । इलामको सन्दकपुरमा पर्यटकको चहलपचहल बढेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेसंगै ७ महिनापछि पर्यटकको चहलपहल बढेको हो । यसले होटल व्यवसायीहरुलाई समेत राहात मिलेको छ । कोरोना माहामाीका कारण सन्दकपुर पर्यटन पदमार्ग २०७६ चैत्रदेखि बन्द गरिएको थियो । नेपाल र भारत दुबै देशका प्रशासनले पर्यटक आवतजावत खुल्ला गरेपछि अहिले सन्दकपुरमा दैनिक चार सयसम्म पर्यटक पुग्ने गरेका छन् । मानेभञ्ज्याङ्गबाट शुरु हुने..

प्रधानमन्त्री ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगन

२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको छ । आउँदो मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम रहेकोमा स्थगन भएको जानकारी आफूलाई प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आउँदो मङ्सिर ५..

पर्यटनमन्त्रीद्धारा होचो भूभाग कचनकवल र चन्द्रगढी विमानस्थलको निरिक्षण

३० कार्तिक, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्नुभएको छ । कचनकवलको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले यस क्षेत्रको विकासमा सघाउन सरकार सधैं तयार रहेको बताउनुभयो । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको हिजो शनिबार अवलोकन गर्दै मन्त्री भट्टराईले यस क्षेत्रलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो । भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको..

झापा दमकमको सरकारी अस्पतालमा आगलागी, करोडौँको क्षती

३० कार्तिक, झापा । झापाको दमक अस्पतालमा विद्युत चुहिएर आगलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक–१ स्थित रहेको दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगोलागी हुदाँ करिव रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । हिजो साँझ भएको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा जलेर नष्ट भएको अस्पतालका निमीत्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताउनुभयो ।..

आज यमपंञ्चकको चौथो दिनः गाई, गोरु र हलीको पूजा गरी मनाइँदै

३० कार्तिक, काठमाण्डौँ । यमपंञ्चक अर्थात तिहारको आज चौथो दिन । गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक..

हास्यकलाकार मनोज गजुरेल कोरोना मुक्त

३० कार्तिक, काठमाण्डौँ । कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट कोरोना मुक्त हुनुभएको छ । गजुरेललाई गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बस्नुभएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत जानकारी गराउँनुभएको छ । उहाँले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल..

राष्ट्रको समृद्धि प्राप्तिका लागि एकतावद्ध हुनप्रधामन्त्रीको आह्वान

३० कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ..