चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदैँ

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदैँ


१३ मंसिर, काठमाण्डौँ । छिमेकी राष्ट्र चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डौँ आउनुहुने भएको छ । सरकारले फेङहीको एकदिने नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

भ्रमणको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उहाँले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नुहुनेछ । उहाँ आइतबार नै चिन फर्कने कार्यक्रम छ ।

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

 

 

प्रतिक्रिया:

सम्बन्धित खवर