झापाका १११ जनामा आज कोरोना संक्रमण पुष्टि

९ मंसिर, झापा । झापामा आज १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु सबै स्थानीय भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । थपिएका संक्रमितहरुमा दमकका ११, बिर्तामोडका २३, गौरादहका २६, मेचीनगरका ४, भद्रपुरका ५, कन्काईका ९, हल्दिबारीका ३, बुद्धशान्तिका ६, अर्जुनधाराका ५, बाह्रदशीका १, कचनकवलका ४, शिवसताक्षीका ४, कमलका २ र अन्य ठेगाना भएका ८ जना..

वर्तमान सरकार कुनैपनि हालतमा परिवर्तन हुदैँनः मन्त्री श्रेष्ठ

९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो । मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो । अर्काे..

आज थपिए १७९० जना कोरोना संक्रमित

९ मंसिर, काठमाण्डौँ । आज थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको..

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्ग भ्रमणका लागि प्रस्थान

८ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणका लागि त्यस क्षेत्र तर्फ प्रस्थान गर्नुभएको छ । उहाँ हेलिकप्टर मार्फत दुई जिल्ला भ्रमणका लागि निस्कनुभएको हो । उहाँले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्नुहुँने छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ । ओलीसँग पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ सहभागी हुनुहुन्छ । केही दिनअघि प्रधानमन्त्री ओली संखुवासभा भ्रमणमा जानुएको थियो ।-file..

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठ पर्व सम्पन्न

६ मंसिर, काठमाण्डौँ । आस्थाको महापर्व छैठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व अहिले नेपालको पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । आज बिहान राजधानीको गुहेश्वरीस्थित छैठघाटमा ब्रतालुहरु उदाउँदो सूर्यलाई अघ्र्य दिन तथा पूजाआजाका लागि पुगेका..

विश्व बैंकको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

५ मंसिर, काठमाण्डौँ । सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तिर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत कार्तिक २७ गते र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विश्व बैंकबाट प्रस्तावित १५ करोड अमेरिकी डलर (कविर १८..

आज थपिए १९ सय ४५ जना कोरोना संक्रमित, ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त

५ मंसिर, काठमाण्डौँ । आज नेपालमा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज पाँच हजार तीन सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार..

एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

५ मंसिर, काठमाण्डौँ । नेपाल प्रहरीमा एक प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरेको गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो । सङ्घीय संरचनाअनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको..

नेकपालाई चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैनः योगश भट्टराई

४ कार्तिक, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेकपालाई कुनै बिदेशी राष्ट्रले चाहेर पनि फुटाउन नसक्ने बताउनुभएको छ । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा बोल्नुहुँदै मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो । ‘नेकपालाई चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै हो ।’ उहाँले भन्नुभयो–‘नेकपालाई हन्हनी ज्वरो मात्र आएको हो कोरोना भएको छैन, यो सिजनल..

कोरोना कहरबीच रगतको अभाव

४ कार्तिक, काठमाण्डौँ । कोरोना महामारीमा रगतको अभाव सुरु भएको छ । महामारीकालमा स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाउन छाडिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् । कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको अभियान्ताहरु बताउछन् । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु..