कोरोना संक्रमित पूर्वसभामुख महरा पत्नीको निधन

१९ कार्तिक, काठमाण्डौँ । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोभिड १९ को संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । दशैँमा गृह जिल्ला रोल्पा गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो..

कोरोना संक्रमण न्यूनिकरण गर्न समुदाय–प्रहरीद्धारा दमकमा सचेतना कार्यक्रम शुरु

१८ कार्तिक, झापा । कोरोना महामारीको संक्रमण दर बढीरहेकाले समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ । प्रहरी साझेदारी समितिको टोलीले दमक–८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिदै सचेतना कार्यक्रम गरेको छ । टोलीले प्रत्येक पसलहरुलाई माक्स, सेनीटाइजरको प्रयोग, पसल अगाडी हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरेको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले जानकारी दिनुभयो । सर्वसाधारण..

चिसो शुरू भएसंगै झापाका बजार तथा चौकमा भाक्का व्यवसाय शुरू

१८ कार्तिक, झापा । चिसो शुरू भएसंगै झापाका स्थानिय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको मुख्य बजाहरु दमक, विर्तामोड देखी लिएर ग्रामिण बजार तथा चौकहरूमा यसको व्यवसाय शुरू भएको हो । भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ । भाक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको पहिचानको रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी..

सरकारी कार्यालयमा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गर्न जादाँ हिरासतमा

१८ कार्तिक, पर्सा । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले चार घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका दुई जनालाई प्रहरीले चार घण्टा हिरासतमा राखेर छोडेको हो । भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् । आयुर्वेद..

सांसद तथा उद्योगपति सूर्यबहादुर केसीको निधन

१८ कार्तिक, काठमाण्डौँ । प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । मधेमेह र रक्तचापको समस्याबाट गुज्रिरहेका केसीको गएराति (सोमबार) निधन भएको हो । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभासदस्य बन्नुभएका केसी पोखराका पूर्व प्रधानपञ्च हुनुहुन्थ्यो । पहिलो संविधान सभाको..

नेकपाकाे केेेन्द्रीय बैठक स्थगित, बैठक आगामि मंसिरमा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिए । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार..

कोरोना सङ्क्रमितका लागि प्लाज्मा दान गर्न आह्वान

८ कार्तिक, झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै रेडक्रस झापाले प्लाज्मा दान गर्न आह्वान गरेको हो । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो । उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा..

देउमाईको चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न

८ कार्तिक, इलाम । इलामको देउमाई नगरपालिका–९ स्थित चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न भएको छ । देउमाइ नगरपालिकाको बिशेष पहलमा नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा विद्युतिकरणको काम शुरु गरेको थियो । वडा नं. ९ चिसापानीमा बसोबास गर्ने स्थानीयबासीको सुबिधाका लागि बिधुतिकरण गर्न नगरपालिकाको पहलमा गरिएको विद्युतिकरणको काम सम्पन्न भई उद्घाटन भएको हो । विद्युतिकरणको प्रदेश–१ का भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना..

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

८ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिनुभएको छ । भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ । भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केनुभएको थियो ।..

अपराध नियन्त्रणका लागि कानूनी साक्षरता कार्यक्रम संञ्चालन गरिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

८ कार्तिक, तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रम संञ्चालन गर्ने बताउनुभएको छ । कार्यक्रमले अपराधीलाई निरुत्साहित गर्ने उहाँको भनाई छ । दशैँ मनाउन जन्मघर आउनुभएका मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले शुक्रवार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त कुरो बताउनभएको हो । उहाँका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै..