१२ मंसिर, काठमाण्डौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताउनुभएको छ । यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
आज काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा संन्चालनका लागि अनुभव आदान प्रदान एंवम अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले अधिवेशनका लागि गते नै भने टुंगो नलागेको तर नियमित अधिवेशन सुरु हुने बताउनुभयो । कर्मचारीलगायत सबैलाई पूर्वतयारी गर्न समेत उहाँले बताउनुभयो ।
संसद अधिवेशनको तयारी थाल्दा स्वास्थ्य मापदण्डको ख्याल गर्न पनि उहाँले सुझाव दिनुभयो ।