न्यायाधीश सपना प्रधान मल्ल संसारकै भाग्यमानी

न्यायाधीश सपना प्रधान मल्ल संसारकै भाग्यमानी

४ माघ, काठमाण्डौँ । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा भर्खेरै सहभागी बन्नुभएकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् ।

आज उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गर्नुभएको हो ।

संविधानको मेकिङ (निर्माण) र बुल्डिङ (ब्याख्याद्वारा समृद्ध पार्ने) दुई चरण हुन्छ । संसारमा कहीँ पनि एउटै व्यक्ति संविधानको मेकिङ र बुल्डिङ दुवै प्रक्रियामा सहभागी हुन पाउँदैन ।

पोखरेलले भन्नुभयो, नेपालमा दुई जना व्यक्ति भने संविधान निर्माण र बुल्डिङ (ब्याख्या) को चरणमा सहभागी हुन पाए । ‘एक जना पूर्वन्यायाधीश विश्वनाथ उपाध्याय हुनुहुन्छ भने अर्का व्यक्ति माननीय सपना प्रधान मल्ल हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘उहाँले संविधान बनाउनुभयो र केही हदसम्म बुल्डिङमा पनि सहभागी हुनुभयो । उहाँले संविधानसभाको इन्टरनल कुरा पनि थाहा पाउनुभयो ।’

न्यायाधीश प्रधान पहिलो संविधानसभा सदस्य हुनुहुन्थ्यो । संविधान नबनाए पनि उक्त संविधानसभाले गरेको काम दोस्रो संविधानसभाले स्वीकार गरेको थियो । नेपाल बार एसोसियसनको पूर्वमहासचिव समेत रहेका पोखरेलले पहिलो संविधानसभामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि तोकेको मितिमा निर्वाचन भएन भने संसद पुनस्र्थापना गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भएको आफूले एउटा दस्तावेज भेटेको बताउनुभयो ।

संसद विघटनको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा भइरहेको छ ।

वरिष्ठ अधिवक्ता पोखरेलले यो इजलासलाई राम्रोसँग व्याख्या गरी संविधानलाई समृद्ध बनाउने दायित्व रहेको बताउनुभयो । संविधान व्याख्याको प्रक्रियामा नागरिकको अधिकार वृद्धि हुने र कार्यकारीको अधिकार सीमित हुने उहाँको भनाइ छ ।

-अनलाईन खबर

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270