भारतमा कोरोना खोपको प्रभाव देखिन थाल्यो

भारतमा कोरोना खोपको प्रभाव देखिन थाल्यो

५ माघ, काठमाण्डौँ । भारतमा कोरोना भाइरस खोपको प्रभाव देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट ‘साइट इफेक्ट’ देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४ सय ४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आंगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि, खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ, यो केसलाई गम्भीर एएफआईमा रेकर्ड गरिएको छ ।

उनका अनुसार खोप दिन लागिएको दुई दिनमा त्यस्ता तीन मात्र घटनाहरु देखिए, जहाँ केही व्यक्तिलाई अस्पताल भर्ना गनुपरेको थियो । जसमध्ये एक व्यक्तिलाई उत्तर रेलवे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई उही समयमा दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । जबकी तेश्रो बिरामी एम्स रिसीकेस अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ । भ्याक्सिनको साइड इफेक्टबारे उनले भने– ‘धेरैजसो मानिसहरुलाई हल्का ज्वरो आउने गरेको छ । त्यस्तै टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएको छ ।’

स्वास्थ्य सचिवका अनुसार पहिलो दिन दुई लाख सात हजार दुई सय २९ जनालाई भ्याक्सिन लगाइएको छ । यो कुनै पनि देशमा पहिलो दिनमा दिइएको खोपहरुमध्ये धेरै संख्या हो । यस सन्दर्भमा भारत अमेरिका, बेलायत र फ्रान्सभन्दा पनि अघि देखिएको छ । पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप दिइएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270