समाचार
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ३० वटा ढोका खुला
१९ असार, सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजमा आज बिहान १०ः१५ बजे २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेको हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा ३० वटा ढोका खोलिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएकोले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने सुनसरी..
मुग्लिन–नारायणगढ सडकमा ट्रकमाथि नै पहिरो खस्यो
१८ असार, काठमाण्डौँ । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ । उक्त सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा लामबद्ध रूपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो । पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं को एउटा..
राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश
१७ असार, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन..
एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने
१६ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको बताईएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले सुझाए ‘जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन’
१५ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको तिव्र आलोचना भईरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भननुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई..
आज राष्ट्रिय धान दिवसः दही च्यूरा खाएर मनाइँदै
१५ असार, काठमाण्डौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानहरु दही च्यूरा खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने मान्यता राख्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले..
रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
१३ असार, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यसै वर्ष सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । त्रिविको गत वर्ष भाद्र महिनामा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोरोना..
दमक नगरपालिकाको सञ्चारमैत्री बजेटः पत्रकारलाई बिमा देखी अवलोकन भ्रमणसम्म
१२ असार, झापा । दमक नगरपालिकाले नगर क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको हो । यसैगरी पत्रकारिता प्रवद्र्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै खोजमुलक पत्रकारिता प्रवद्र्धनका..
आज देशभरका धेरैजसो स्थानमा वर्षाको सम्भावना
११ असार, काठमाण्डौँ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २..
मन्त्रीहरुको जिम्मेवारी हेरफेरः एक मन्त्रीलाई पाँच मन्त्रालय
१० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वाेच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री कायम रहनुभएको थियो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७