कांग्रेस पदाधिकारी बैठक बस्दै

२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बस्ने गरी पदाधिकारी बैठक बोलाइएको छ । आसन्न १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने उहाँले जानकारी दिनुभयो । कांग्रेसले भाद्र १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ । त्यसका लागि असारभित्रै क्रियाशील सदस्यताबारेका विवाद समाधान गर्नुपर्नेछ । रमेश लेखक..

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश

२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्द ामा सर्वाेच्च अदालतको सं व ैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपकक ुमार का र्क ी, मिरा खड्का, ईश् वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार उपलब्ध गराउने देउमाइ नगरपालिकाको निर्णय

२६ असार, इलाम । कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहत स्वरुप रु ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय भएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । यस बर्ष यो नयाँ कार्यक्रम भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका..

हाइटीका राष्ट्रपति मोइजको निजी निवासमा नै गोली हानी हत्या

२३ असार, काठमाण्डौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजको आफ्नो निजी निवासमा नै गोली हानी हत्या भएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको हो । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आउनुभएको थियो । उहाँको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई..

झापामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात पनि सञ्चालनमा

२२ असार, झापा । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञा थप खुकुलो गरिने निर्णय भएको हो । आज जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ । असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय..

आईएमईआई दर्ता नगरेका मोवाईल श्रावण १ पछि नचल्ने

२२ असार, काठमाण्डौँ । श्रावण १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने बताईएको छ । श्रावण १ गते अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने..

मध्यपहाडी लोकमार्ग अवरुद्ध

२२ असार, काठमाण्डौँ । निरन्तरको वर्षाका कारण मध्यपहाडी(पुष्पलाल) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठे खोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयल डाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो । निरन्तरको वर्षा पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक..

संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न, असार २८ गते फैसला आउने

२१ असार, काठमाण्डौँ । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो । उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि पेशी तोकेको छ । त्यही दिन यस मुद्दामा फैसला आउने बताईएको छ ।

अझै तीन दिन बर्षा नरोकिने

२० असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ । हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मुलुकभरका ठूला तथा साना..

निरन्तरको बर्षाका कारण प्रदेश–१ को जनजिवन प्रभावित, सावधानी अपनाउन आग्रह

१९ असार, झापा । वर्षाका कारण प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा जिल्लाको जनजिवन प्रभावित बनेको छ । कोशी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दै गएको संवन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् । नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाले दक्षिणी तथा होचो भाग डुबानमा पर्न सक्ने भन्दै सचेत बन्न आग्रह गरेको छ ।..