झापाको कन्काईमा एक परिवारले गरे समुहिक आत्महत्या

झापाको कन्काईमा एक परिवारले गरे समुहिक आत्महत्या


७ भाद्र, झापा । झापाको कनकाई नगरपालिका १ स्थित सुरुङ्गाका कोरोनाबाट संक्रमित एक परिवारले नै झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–१ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना विक आफ्नै घरमा झुण्डिएर आज भेटिएको हो ।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना संक्रमित देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
उनीहरुले एकसाथ झुण्डिएर नानीलाई समेत साथमा लिइ आत्महत्या गरेको अवस्थामा फेला परेका हुन । उनीहरुको मृत्युसगै घरका सबै जनाको मृत्यु भएको छ ।

साउन ३१ गते गरिएको कोरोना परीक्षणका क्रममा उनहरुमा पनि संक्रमण देखिएको थियो । कोरोनाबाट पीडित विक परिवारले एकैसाथ आत्महत्या गरेपछि अहिले सिंगो गाउँनै स्तव्ध भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर