चुलाचुली गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

३१ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा दोस्रो लहरको कोरोना भाईरस संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । केही संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा र केहीको होम आईसुलेसनमा नै मृत्यु भएको जनाईएको छ । यस्तै चुलाचुलीमा आजसम्म १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ९० जना निको भईसकेको चुलाचुली स्वास्थ्य शाखाका दुस्यान्त दाहालले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख दाहालका अनुसार अहिले चुलाचुली अस्थाई कोभिड अस्पतालमा नौ..

चैते धानले मुल्य नपाउदा झापाका किसानहरु चिन्तित

३१ जेष्ठ, झापा । लगातारको झरीका कारण झापाका किसानलाई चैते धान थन्क्याउन समस्या भएको छ । उत्पादित धान सुक्न नपाउदा उचित मूल्य पनि पाउन सकेको छैन । चिस्यानको मात्रा धेरै रहने चैते धान सुकाउने प्रविधि (ड्रायर) उपलब्ध नहुँदा बिचौलियाले जति मूल्य तय गर्छन् त्यसैमा धान बेच्न किसान बाध्य हुने गरेका छन् । दुई साताअघिसम्म प्रतिमन आठ सय रुपियाँमा बिक्री भएको धानको मूल्य अहिले किसानले छ सय रुपियाँभन्दा कम पाइरहेका छन्..

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

३१ जेष्ठ, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । स्वास्थ्यमा आएको सामान्य समस्याको कारण उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले पुष्टि गरेको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालममै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

जसपालाई निर्वाचन आयोगको जवाफः कारवाही कानूनसम्मत देखिएन

३० जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आज फैसला सुनाएको छ । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी..

बजेट पारित गरौँ, त्यसपछि प्रदेशको नाम टुङ्गो लगाऔँः मुख्यमन्त्री राई

३० जेष्ठ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको छ । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज उहाँले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गर्नुभएको हो । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै प्रदेशसभामा सरकारको आलोचना भइरहेको छ । मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको..

सिंगो गाउँपालिका नै व्यवसायीक कृषि पेसामा

३० जेष्ठ, मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अधिकांश नागरिक व्यवसायीक कृषि पेसामा आबद्ध छन् । तरकारी र फलफूलको प्रशस्त उत्पादन हुने नागरिक गाउँपालिकाका अधिकांश नागरिक व्यावसायिक कृषिमा लागेका छन् । ५ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ४ र ५ मा व्यापक मात्रामा तरकारी खेती हुन्छ, भने वडा नम्बर २ र ३ मा तरकारीसङै कागती, सुन्तला जस्ता फलफूलको खेती हुने गर्दछ । गाउँपालिकाका अध्यक्ष जीवन लामाका अनुसार वडा नम्बर..

प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन भित्रियो

२९ जेष्ठ, काठमाण्डौँ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिनुभयो । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ । मौसमविद्हरूले आगामी साता मनसुन..

सुर्खेतको वीरेन्द्रनगरमा ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप

२९ जेष्ठ, विरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ता दावि गर्ने ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप भएको छ । सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । गएराति झण्डै साढे ११ बजेतिर स्थानिय र ज्ञानेन्द्र शाहीको समूह झडप भएको हो । झडपका क्रममा केही युवाहरु घाईते भएको..

गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान

२८ जेष्ठ, कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ बमोजिमको प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि आज पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा भोली शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै..

संञ्चारमन्त्री नैनकला थापाद्धारा पदभार ग्रहण

२७ जेष्ठ, काठमाण्डौँ । नवनियुक्त संञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कारबाहीलाई केन्द्रित गरे अघि बढ्ने बताउनुभयो..